मिडियाखबर
आज कलेजबाटै फर्केको थिए अलि चाडै दाह सँस्कारमा सामेल हुन। मानबसास्त्रको दुई पिरियड मात्रै पढाएँ आज।आज म आर्यघाटबाट हाम्रो गाउँको भुपु उपाध्यक्षको दाह सँस्कार सकेर माथी उकालो लागे। दाह सँस्कार सकिसक्दा साँझ परिसकेको थियो।मनमा सन्ताप त छदै थियो साथी बितेकोमा झन त्यसमाथी आफ्नै समबयी र प्रिय साथी बित्दा झनै बिस्मात लाग्दो रहेछ। म नोसाल्जिक हुँदै हिडिरहेको थिए। कतिपय पात्र र घटनाहरु, जुन हामिले सँगै भोगेका थियौ, मैले उक्लेको बिस्वरुप जाने प्रत्येक सिढि झै फरक र फरक उचाईका थिए। मैले सम्झे पहिलो पल्ट उपाध्यक्षकहाँ सोमरस पिएको; दसैमा तास खेलेर हारेको; जनकपुरमा ब्ल्याकमा टिकट किनेर सिनेमा हेरेको; अनि चुनाबमा प्रचारमा हिडेको। अनि सम्झे अरु थुप्रै घटनाहरु।साधु बुढाको चिया दोकानको समाजबाद र पुजीवादको बहस। उपाध्यक्ष र हामी एकै पक्षका हुन्थ्यौ हरेक बिबादमा।
आखिरमा उठने बेलामा उरनठेउलो भैदिन्थे म र भन्थे, ” चियाको पैसा कस्ले तिर्ने? पुजीको त जहाँ पनि जरुरत पर्छ। यो पुजीवाद र केजाती वाद एउटै हो। त्यसले सब सत्यानास पार्छ।” जिबनमा जस्तो सुकै घटना होस, सुखद या दु:खद पहिलो भनेको पहिलोनै हुन्छ। मैले उपाध्यक्षकहाँ सोमरस पिरहदा साथिहरुले सोधे,” संजय! तिम्रो त केटी छरे। हामिले थाहा पाउन हुन्न र?” पहिले त भन्न मानिन तर सोमरसले मताउदै गएपछी चेतन मनमा अचेतन मनको पकड भयो। कसैलाई भन्दिन भनेको त सजिलै भन्दिगए फलानी हो भनेर। जिबनमा पहोलो पल्ट सत्यको एउटा नयाँ बोध भयो मलाई कि मान्छे सोमरस पिएर किन मस्त हुन खोज्छ?यो अरु केही होइन। चेतन मनलाई अचेतन मनले हावी बनाउने हो। अचेतन हाबी भए पछि चेतन मनका कुन्ठा, आबेग, आसक्ती, नैरास्यता सब समाप्त हुन्छ। अचेल चेतन मनबाट अचेतन तिर छिराउन सिकाउने अनेक संस्थाहरु खुलेको छ। योगिहरुले यो गुढ रहस्य धेरै पहिले जानेका थिए।उनिहरु जे छ भित्रै छ भन्छन। त्यो भित्र अरु केही होईन तेहि अचेतन हो। यो सत्यको बोध मलाई पहिलो पल्ट सोमरस पिउँदा भयो। मलाई अरुदिन त्यो बिस्वरुपको उकालो चढ्न हम्मे हम्मे पर्थ्यो। तर आज सबैभन्दा माथिल्लो भर्र्याङ् आईपुगेपछी पो थाहा पाँए उक्लि पो सकिएछ। मेरो अचेतन अतितमा बिलायो र त चेतन मनले उकालोको पिडा भोगेन। म यो रहस्य जानेकोमा दङ छु। बुद्धहरु भन्ने गर्छन् अनुभवजन्य ज्ञानले सिद्धि प्राप्त गर्छ। प्रत्येक दुर्घटना र पीडामा बोधिसत्य लुकेको हुन्छ। अब मैले सोचे, कथम कदाचित मानसिक र सारिरिक पीडा भोगे भने यसरिनै मनलाई ठग्छु। अचेतनमा गैइदिन्छु। खेलै खतम!
त्यहाँ अरु गाउँलेहरु पनि थिए। राजकुमारजिले चन्दा उठाउनु भयो दाह सँस्कार गर्न। आर्यघाट नजिकै बस्ने भएकाले धेरैको दाह सँस्कारमा सामेल भएको छुँ। आफुले अघि भेटेको मान्छे एक छिनमै खरानि भएको आँखै अगाडि देख्दा मोह, लोभ र आशक्तिबाट परै बस्न खोज्छु। तर त्यो बोधी ज्ञान केही क्षणमै क्षणभङुर हुन्छ। तल गुहेश्वरिको पुल पार गरेपछी उधारो खाएको दहि पसलेको चस्मे दाईले नदेखोस जस्तो गरि मुन्टो बटार्छु। अब फेरि सुन्दरसाथ भन्ने एक जना भैया भेट्छु। त्यसको पनि तरकारीको पैसा दिएको छैन।देख्लाकी भनेर छलिएर हिंड्छु। म पनि आज अरु मान्छे जस्तै भएको छु। आर्यघाटमा जलेको मुर्दा देख्दा अब फेरि नराम्रो गर्दिन भनेर गरेको बाचा सबै बिर्सिन्छु। रेडियो नेपालका प्रस्तोता नबराज लम्सालले भने झै मान्छे आर्यघाटमा आफुले प्रण गरेको कुरा मित्रपार्कसम्म पुग्दा बिर्सी सक्छ। कन्टेक्टरले बिर्सेर नमागेको गाडी भाडा उसले देख्दा सम्झेलाकी भनेर छलिएर ओर्लन्छ। यसरी छलिएर हिड्नेमा धेरैजसो हुनेखाने र गाँठबाला हुदैनन् भन्न सकिन्न।
अब रात अलि छिप्पिएको हो कि भन्ने भान छ। मलाई एक हुल बाँदरहरुले घेरी सके। अगाडि पछाडि हेर्छु कोहि देख्दिन। तलै फर्कौकी मन भयो। तर एकहुल भुस्या कुकुरहरूको जात्रा छ। प्रतिलिपी मन्दिर तिर लुकु भनेको त त्यहाँ अजङ को साढे छ। मैले सोचे म आज अपहरणमा परे। मलाई आज बाँदरहरुले बाकी राख्दैन। अब म सिद्धिएँ।
क्रमस:
फेसबुकबाट तपाईको प्रतिक्रिया