☰ open

आजको शिक्षा , धोबी र शिक्षक

२०७७ फाल्गुन ८, शनिबार १६:३५
मिडियाखबर

संजय प्रसाद पौडेल

आजको शिक्षा कस्तो भयो भने विद्यार्थीहरुलाई मालिक बन्न सिकाउने भन्दा कामदार बन्न सिकाउने खालको। उद्दमी बनाउने भन्दा अल्छे बनाउने शिक्षाबाट के आस गर्ने? आज आफैसंग स्वर्णपात्र भएपनी शिक्षाको कारण त्यो स्वर्णपात्र थापेर खाडि,युरोप लगाएत मुलुकमा कामको भिक्षा माग्दै हिड्दै छौ। हाम्रो शिक्षा ब्यबहारिक भएन। कोठामै थुनेर पौडी खेल्न सिकाइयो। किताबका पानामा गाडी कुदाउन सिकाइयो। अनि जसले घोकेर नम्बर ल्याउछ उसैलाई उत्कृष्ट भनियो।

हामि मध्ये धेरैले कागजमै अक्सिजन ग्याँस बनाउन सिक्यौ होला ! र, सायद धेरैले अक्सिजन ग्याँस बनाउने उपकरण नदेखिकनै एसएलसी पास गर्नु भयो होला। अब पोखरिनै नदेखेकोले नदिमा हाम्फाल्दा डुब्छ नै। अब गाडी नै नदेखेकोले गाडी चलाउदा ब्रेक भनेर एक्सिलेटर दाब्दा दुर्घटना निम्तिनेनै भयो। अहिले देखिएको शैक्षिक समस्या भनेको त्यही पहिलाको कोठे पढाइको परिणाम हो। म एउटा कथाबाट प्रस्ट पार्न चाहन्छु। अहिले किन कोहि शिक्षक बन्न मानी रहेको छैनन्। यस लोक कथाले थप पुस्टि गर्छ।

लोककथा अनुसार एउटा गाउँमा एक जना धोबी बस्थ्यो। धोबिसंग एउटा गधा पनि थियो। धोबी सधै गधाको ढाडमा कपड़ाको चाङ हालेर खोला तिर जान्थ्यो। संयोगले एक दिन त्यो गधा टसको मस भएन । धोबी चिन्तित भयो। गधाले काम गर्न मानेन । अब कसरी गुजारा चलाउने ? तर त्यो राज्य जनमैत्री थियो। जनताको सुखदुःख बुझ्ने। त्यस गाउँको नगरप्रमुखले पनि धेरै प्रयत्न गरे , त्यो गधालाई काममा फर्काउन । तर उनको पनि केहि लागेन। हुँदहुँदै यो कुरा राजाकोमा पुग्यो। राजा पनि निकै चिन्तित भए। उनी लोकतान्त्रिक शासक थिए। हाम्रो जस्तो होईन। मौका यहि हो भन्दै घिची हाल्ने। अनि राजाले देश बिदेश बाट पहलमानहरु डाके। त्यो गधालाई हल्लाउन। पहलमानहरु थाके। कोहि पसिना काढ्न थाले। कोहि मुर्छा परे। तर त्यो गधा ठ्याप्पै हल्लेन। अब प्रतापी राजाको बेइज्जत हुने भो भन्ने डरले मन्त्रीले गधालाई हल्लाउन सक्नेलाई पुरस्कारको ब्यबस्था गरे। हाथी, घोडा , हिरा, मोति आदि- आदि।

देश बिदेशबाट धेरै आए पुरस्कारको लोभले, गधालाई हल्लाउन। तर गधा हल्लेन। अनि यस्तै एक जना शिक्षक त्यै बाटो हुँदै आफ्नो गाउँ जादै थिए। त्यहाँ हल्ला खल्ला भएकोले के भएछ भनी बुझ्न गएछन् । मन्त्री र उनका मन्छेहरुले सबै कुरा बताए । आखिर किन गधा नहल्लेको भनेर। अनि पुरस्कारको ब्यबस्था पनि छ भनेर भने। शिक्षकलाई यो कुरा बहुत सजिलो लाग्यो। किनभने जो दु:ख उस्ले जिबनमा भोगेको थियो त्यसको तुलनामा गधा हल्लाउने कुरा बडा सजिलो लाग्यो उसलाई। संयोगले त्यस दिन राजा पनि सबार थिए। अब पालो आयो शिक्षकको। उनी गधाको कानमा गएर केही फुस्फुसाए। गधाले टाउको नाइँ भनेर हल्लायो। साराका सारा मान्छे , हरु छक्क परे। राजा खुसी भए । ताली बज्यो । सिक्षकलाई सेनाको सलामी दिईयो। उनलाई त्याँहा मन्त्रि र राजाले अबिर दले अनि फुलको माला लगाई दिए। अनि राजाले शिक्षकलाई सोधे,”आखिर त्यस्तो तपाईंले गधालाई के भन्नू भयो कि त्यो गधाले टाउको हल्लायो? ”

शिक्षकले भने, “महाराज, मैले त्यसलाई तँ गधा म जस्तो जागिर खान्छस भनेर सोधेको थिएँ।“ यस कथा बाट बुझ्न सकिन्छ कि हामि कँहा पनि झन्डै शिक्षक हालत उस्तै उस्तै छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights