☰ open

क्यिुआर भुक्तानीको उद्घाटन गर्दै गभर्नरले भने, “मैले पर्स बोक्न छोडेको धेरै भयो, पर्सको काम मोबाइलले गरेकाे छ”

२०७७ पुष २४, शुक्रबार १५:२९
मिडियाखबर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रिय बैंकले विद्युतिय भुक्तानीलाई अभियानकै रुपमा अघि बढाइरहेको अवस्थामा सबैलाई विद्युतिय माध्यमबाट गरिने भुक्तानीमा जोडिन आग्रह गरेका छन्। अधिकारीले कालिमाटी तरकारी बजारमा क्युआरकोर्डमार्फ भुक्तानीको शुभारम्भ गर्दै यस्तो आग्रह हुन्। 

नेपाल राष्ट्र बैंकले क्यास लेस सोसाइटिको परिकल्पना गरेकाे र त्यो अभियानमा जोडिएर सहयोग गर्न उनले आग्रह गरे। विद्युतिय कारोबारमा संलग्न हुन आग्रह गर्दै उनले भने “मेरो हस्ताक्षरको नोट नमुना मात्रै रहोस, हात हातमा पुर्याइराख्न नपरोस।”

अहिले कालिमाटी बजारमा रहेको करिब ५०० पसल मध्ये आधा पसल क्युआरमा संलग्न भइसकेका छन्। बाँकी रहेका पसललाई पनि जोडिन आग्रह गर्दै क्युआरकोर्ड मार्फत हुने भुक्तानी अझै तदारुकताका साथ अघि बढ्न गभर्नर अधिकारीले आग्रह गरेका छन्।

उनले यसअघि पनि अबको एक वर्ष भित्र तरकारी किन्न पैसा बोकेर जानु नपर्ने गरी केन्द्रिय बैंकले कार्य गरीरहेको बताएका थिए। यसअघि नक्साल तरकारी बजारमा पनि कोर्डमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको थियो।

हिजोको दिनभन्दा आजकै दिनमा पनि नगद कारोबार घटिसकेको बताउँदै उनले आगामी दिनमा त्यो अनुपात (रेसियाे)अझै धेरै घटेको जाने बताएका छन्। 

डिजिटल कारोबार बढी हुँदा त्यहाँ शुसासन राम्रो हुने गभर्नर अधिकारीले बताए। जहाँ डिजिटल कारोबार धेरै हुन्छ त्यहाँ शुसासन पनि राम्रो हुने र विद्युतिय कारोबार बढ्दै जानु भनेको हामी शुसासित हुँदै जानु पनि भएकाे उनले प्रष्ट पारे ।

“आज मैले पर्स बोक्न छोडेको निकै समय भइसक्यो। मेरो पर्सको सट्टा मेरो मोबाइलले काम गरिरहेको छ,” उनले भने “यो अवस्था यहाँहरु सबैको आँउछ।” 

विद्युतिय कारोबार बढ्दै गएपछि चेकबुक समेत चलाउन छोडेको अधिकारीले बताए। “मेरो चेकबुक कुनै चल्दैन। त्यो लामो समयदेखि रिन्यु पनि गरेको छैन। यो समयको माग पनि हो।” उनले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights