मिडियाखबर
योग(Yoga) धार्मिकविश्वास अनुसार भगवान शिव् द्वारा अनुसरण् गरिएको पद्धति योग शब्दको सामान्य अर्थ सम्बन्ध वा जोड हो।विविध आसन, अभ्यास, साधना,ध्यान आदिका माध्यमबाट मन र शरीरलाई जोड्ने प्रक्रिया योग हो। पुर्विय दर्शन र शास्त्रहरूमा आदिमकालदेखि नै योग शव्दको प्रयोग हुँदै आएको छ। हिन्दू धर्मशास्त्रमा आत्मदर्शन र समाधीदेखि लिएर कर्मक्षेत्रसम्म योगको ब्यापक प्रयोग भएको छ।
महर्षि पतञ्जलीका सिद्धान्तनुसार चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो। महर्षि पतञ्जलीका अनुसार योगश्चितवृत्तिनिरोध अर्थात् योगले चित्त वृत्तिको निरोध गर्दछ। हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो। हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उतपत्ति र लय भइरहेको हुन्छ। योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ। योगको अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलता, जीवनबाट ब्रहृम, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा हो योग। केही विद्वान् ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन पनि हो भनेका छन्। संक्षपमा भन्नुपर्दा आफ्नो इच्छाशक्तिलाई परमात्मा इच्छाशक्तिमा संयोग गर्नुलाई नै योग भनिन्छ। एक विद्वान्का अनुसार योगको वास्तविक अर्थ हो, जोड्नु, मिल्नु वा एकाकार हुनु, यहाँ पुनः अर्को शब्दमा जीवात्मा र परमात्माको एकाकारको अवस्थानै योग हो भनेका छन् ।
श्री मदभगवत्गीतामा मुख्य तीन प्रकारका योगलाई मानिसको जीवनमा उतारिएको पाइन्छ ।
कर्मयोग,
ज्ञानयोग र
भक्तियोग
यसरी गीताले कसैले भक्तिपूर्वक गरेको कर्मलाई कर्मयोग भनिएको छ । कर्मयोगमा सर्वप्रथम काम त्याग्नु भनिएको पाइन्छ । यसरी गीताले शिक्षाद्वारा आफ्नो सम्पूर्ण जनतामा ज्ञानको प्रकाश फैलाएर उनीहरूलाई कामरूपी भवबन्धनबाट बचाउनु भनिएको पाइन्छ ।यसरी नै भक्तियोगको विषयमा गीता भन्दछ कि यदि कोही व्यक्ति भगवानको सानिध्य चाहिन्छ भने उसले भगवानको भक्ति गर्नुपर्दछ । यदि कोही योगीमध्ये जसले आफ्नो अन्तःकरणमा निरन्तर भगवानको चिन्तन गर्छन् उही योगी परमसिद्ध भनिन्छन् ।
महर्षि पतञ्जलीका का अनुसार् ‘अष्टांग योग”(“आठ-अंगित योग” वा आठ अङ्ग) देहाय बमोजिम छन:
१.यम (पांच “परिहार”): अहिंसा, सत्य बोली(झूठ नबोल्नु),गैर लोभ, गैर विषयासक्ति, र् गैर स्वामिगत
२.नियम (पांच “धार्मिक क्रिया”): पवित्रता, सन्तुष्टि, तपस्या, अध्यन, र भगवानको आत्मसमर्पण
३.आसन : अर्थ “बस्ने आसन”, र पतांजलि सूत्रमा ध्यानको मतलब स्थिर स्थिति।
४.प्राणायाम (“सांसको गति नियन्त्रण गर्ने प्रकिया “): प्राण ,सांस, “आयाम ” को नियन्त्रित गर्नु। साथै जीवन शक्तिलाई नियन्त्रण गर्ने व्याख्या हो ।
५.प्रत्याहार
(“अमूर्त”):वाहृय वस्तु द्वारा भावना अङ्गको प्रत्याहार
६.धारणा (“एकाग्रता”): एक चित्त
७.ध्यान:गहन चिंतन
८.समाधि(“विमुक्ति”): ध्यानको वस्तुको चैतन्यको साथ विलय
योग आसन
योगको ८४ आसन भगवान शिव् वाट संसारीक जीवलाई प्राप्त भएको विश्वास गरिएको छ ।
विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र सङ्घले स्वीकार गरेपछि जुन २१ लाई विश्व योग दिवसका रूपमा मनाइने भएको हो्।
(श्रोत: विकिपेडिया)




फेसबुकबाट तपाईको प्रतिक्रिया