मिडियाखबर



एक पल्ट बुद्ध नजिक एउटा मान्छे आयो र सोध्यो , “भगबान छ हैन ?”
बुद्धले भन्नु भयो , “छैन।”
फेरि अर्को मान्छे आयो र बुद्धलाई प्रश्न सोध्यो, “भगबान छैन हैन?”
बुद्धले भन्नु भयो, “छ।”
त्यस पछि तेस्रो मान्छेले प्रश्न सोध्यो, “भगबान छ कि छैन ?”
बुद्ध केहि बोल्नु भएन । बुद्धका प्रबचन सुनेर रमाई रहेका भिक्षुहरु बुद्धको फरक उत्तर सुनेर छक्क परे । उनिहरुले यसबारे स्पष्ट पार्न बुद्धलाई अनुरोध गरे । बुद्धले भन्नु भयो, “त्यो पहिलो मान्छे आफु आस्तिक भएको घोषणा म बाट सुन्न चाहन्थ्यो । त्यसको घमण्ड तोड्न भगबान छैन भने। दोस्रो मान्छे आफु नास्तिक भएको र म जस्ता मान्छेको यस संसारमा काम छैन भनि सन्देश दिन चाहन्थ्यो । त्यो पनि नास्तिकतामा घमण्ड गर्थ्यो । त्यसको घमण्ड ताेड्न भगबान छ भनी दिए । र,तेस्रो चाँही ढुलमुले प्रबितिको थियो । उ आफै स्पष्ट थिएन । त्यसैले उसलाई केहि पनि भनिन । किनभने ढुलमुलेलाई केहि गरेर सच्याउन सकिदैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया