मिडियाखबर



कल्याण पौडेल
हामी त्यही छौ-
हामी त्यही छौ-
जाहा थियौ
जस्तो थियौ
हामी त्यही छौ,
मर्ने हामी मरेकै छौ,
हार्ने हामी हारेकै छौ,
भोट हालेकै छौ,
आशाको वत्ती
ईन्भटरवाटै भएनि
वालेकै छौ,
आज नि हामी यही छौ…
आमाले साथ रित्ताएकै
छिन,
वा ले भरोसा विदा दिएकै
छन्,
छाना चुहुन्थ्यो यसपाली
टालेका छौ,
आशा मर्छ कि भनेर
छिमेकीवाट त्रृणनै
काटी पनि ख्यालगरी
पाल्या छौ,
ढुक्क हुनुस नेताजी
जहाँ छोड्नुभा थियो
हामी त्यही छौ …
तपाई चढ्दै गर्दा हामी
पनि
त्यही वाटो चढ्छौ झै
लाग्याथियो,
तपाईले वेल्दै गर्दा हाम्रा
वन्दुकवाट
वनेका धाउले मलम
पाउछ लाग्याथियो,
नेता जि हाम्ले
वाटो त पायौ तर वालुवा
धेरै तातो रैछ,
हामीले धेरै वोलीहरु
सुन्यौ तर आज
म मेरो घाउको मलम
ईसाराले माग्छु,
तपाईले भत्काउन लाउनु
भएको
वुर्जुवा शिक्षामै मेरो छोरो
उमेर पुगेपछि
पासपोर्टको व्रान्ड
वनाउनलाई अग्रेजी पढ्दैछ,
म तपाईले वनाउनु
भएको स्विट्ज़रलैंडमा
फर्कन
कयौ चोटी कम्पनिले
दिने विदाको पर्खाईमा छु,
नेता जी,
मेरी श्रीमती जवानी
साट्न ४० गन्दै छिन,
फोन गर्दा तपाई घर
नआउने? भन्दैछिन,
छोरो सिकेको अग्रेजी
वाटै आई मिस यु वावा
वोल्दै छ,
नेताजी,
तपाईको प्रगतीहरुको
आगमन हुदै गर्दा
म वहिरगमनमा परेको
थिए,
हाम्रा झण्डाहरुले ठाउँ-
ठाउँमा जित्दै गर्दा
तपाईका लागी मर्नेहरु
मरेर पनि हार्दै थिए,
म त्यही छु नेता जी,
आज तपाईलाई योग्य वनाई
आफु अयोग्य गाँउमा…
ढुक्क हुनुस नेताजी
जहाँ छोड्नुभा थियो
हामी त्यही छौ …
फेसबुकबाट तपाईको प्रतिक्रिया