☰ open

समाजबादको एन्टिथेसिस

२०७७ माघ १३, मंगलवार ०६:२२
मिडियाखबर

 

संजय प्रसाद पौडेल

हामी त्यो दिन सबै जना ठेउकाहरु जम्मा भयौ बिहान ११ बजे तिर महेन्द्रनगरको चोकमा। हामी मध्य धेरै जसो प्रबीणता प्रमाणपत्र तह पहिलो र दोस्रो बर्ष राराब क्याम्पस जनकपुरमा पढ्थ्यौ। कोहि भाईहरु ९ , १०, कक्षा तिर पनि पढ्थे। त्यो दिन भन्नाले २०४६ चैत २७ गतेको थियो। बिहान केही डेमोक्र्याटहरुले महेन्द्रनगर बजार सेकाए बहुदलीय प्रजातान्त्रिक ब्यबस्थालाई स्वागत गरेर। त्यहाँ चार तारे झन्डा मात्रै यत्र तत्र, बिजुलीको पोलमा झुन्डिएको थियो। हामी बाम युवाहरुलाई पनि लाग्यो हामी पनि केही गरौं नत।  अनि हामी चोकका बाम बुद्धिजीवी , ब्यापारीसंग चन्दा माग्न थाल्यौ। केसब गिरि थिए एक जना समिल चलाउने। यद्यपि उनी गैर बाम र पन्चायत समर्थक थिए जस्तो लाग्छ। पछि काङ्ग्रेस भए। उनले धेरै सहयोग गरे। चंदा पनि दिए। झन्डा अडाउन काठको लौरो पनि दिए आफ्नै समिलबाट । हामिले जम्मा पारेको पैसाले कपड़ा किन्यौ। टेलरलाई अनुरोध गर्यौ कि हामिले सबै पैसा कपडा किनेर खर्च गर्यौ। तर झन्डा चाहिएको छ। उसले झन्डा सिदियो। पैसा लिएन। त्यति राजनीतिक चेतको बिकास त उसमा भैसकेको थिएन। तर हामी युबाहरुले भनेकोले मान्यो। अब हामी त्यो झन्डा बोकेर पोल तिर झुन्ड्याउन तिर लाग्यौ। हामिलाई एक किसिमको सन्तुस्टि प्राप्त भयो। हामिले डेमोक्र्याटहरुलाई सूचना दियौ कि त्यहाँ हाम्रो पनि उपस्थिति छ है। बिचार गर। यति लेखिससक्दा मलाई अहिले केसब गिरिले भनेको याद आउँछ। उनले तिमीहरू के चाहन्छौ भनेर सोद्धा हामिले भन्यौ कि हामी चाईना, रसिया आदि जस्तै कम्युनिस्ट ब्यबस्था चाहन्छौ। एउटा अलि जान्नेले भन्यो हामी समाजबाद ल्याउन चाहन्छौ। उनले भने,” समाजबाद त अहिले पो छ। निसुल्क पढ्न पाका छौ। गाडी चढेर क्याम्पस जादा भाडा तिर्नु पर्दैन। मगर्निका खोया बिर्के खादा २ रुपियाँमै मातिन्छ। दसैंमा हेटौडा कपडाको ५ रुपैयाँ मिटरको कपडा लाउन पाएका छौ। साझाले दसैमा बेच्ने सस्तो दरको चिनी, खाद्यान्नले चाँड धानेका छौ। हुनेहरुले आफ्नै गोठको गाईभैसिको घिउले,बारिको तोरि पेलेर नहुनेले सान्ती बनस्पतिको घिउले तिहारमा रोटी हालेका छन् । जनकपुर कारखानाको चुरोट र ईलामको चिया पिउदै मार्क्सवाद झार्दै छौ। कसैका घरमा एक महिना पाहुना लाग्दा पनि जावस जस्तो गर्दैनन। अब यहाँभन्दा कुनचाहिँ समाजबाद चाहियो तिमरलाई ?”  ती गिरि उति पढेलेखेका थिएनन् । तर अहिले गम खादा लाग्छ। ठिकै भनेछन कि क्या हो ? समाजबाद ल्याउँन खोज्दा नराम्रो सङ पुजीवादमा फसिएछ। महङीको त के कुरा गर्नु यहाँ सास फेर्दा पनि पैसा तिर्नु पर्छ। करको भार बढेको छ। पछि बिश्वबिद्धालय पढ्दा थाहा पाए कसरी  पुजिबाद हावी भएछ। एक दिन प्राध्यापकले भन्नु भयो, ” बुझ्यौ तिमिहरुले ? पुंजीबादले  प्रहार गर्नु भन्दा पहिले हाम्रो संस्कृतिको स्मृती बिलुप्त बनाउँछ। यसलाई भनिन्छ, Death of Cultural Memory।” मलाई यो कुरा धेरै चित्त बुझ्यो। हामिले दसैंमा झुल्ने रोटे पिङ र लिङे पिङको सट्टामा बिद्धुतिय पिङ आयो।मोहिको प्रतिस्थापन कोकले गर्यो। सेलरोटी बिलाएर डुनट भयो। हामिले मासुखान मन लाग्दा खसी काटेर भाग लगाएर खान्थ्यौ। पैसा पछि तिर्दा हुन्थ्यो। घरमा पाहुना आउँदा खोरको परेबा , भाले तान्थ्यौ। अब त्यो संस्कृति बिलुप्त भएको छ। अब पसलमा गएर अस्वस्थकर ब्रोईलर खुखुराको मासु किन्छौ। अब कोदाको तिनपाने भन्दा जोनि वाकर र भोड्का आएको छ । यसले अरबौ रुपिया बाहिर लागेको छ।  के रेड लेबल र भोड्का खानेको चाहिँ कलेजो नबिग्रने कोदाको झोल खानेको मात्रै कलेजो बिग्रने ? कोदाको झोल बेचेर गुजारा गर्नेलाई प्रहरिले निर्ममतापुर्बक पिटेको छ। अब ती महिला बिदेश पस्छिन। अनि बिदेसिको यौन सोषणमा पर्छिन। जोनि वाकर र भोड्का बेच्ने पुजिपतीहरुको संरक्षण  पुंजीबादले गरेको छ। तर परिवार पाल्न स्यानो घैलामा जांड बेच्नेलाई सरकारले नचाहिने दुख दिएको छ। पाँच तारे होटेलहरुको संरक्षण गरेको छ। देशको अरबौ रुपैया बाहिर गएको छ। स्यानो  पुंजीको  स्वदेश कच्चा पदार्थबाट बनेको कोदोको झोल बेचेर परिबार पाल्नेहरु यहाँनेर अपराधी बनेका छन राज्यको नजरमा । यस्तो हुन्छ र समाजबादमा ? सम्बिधानमा उल्लेखित  समाजबाद यसरिनै आउँछ ?

हिजो भारतको बिहार , बङाल अनि उत्तरप्रदेशबाट मजदुरहरु धान, गहुँ काट्न आउँथे। उता खान नपाएकाहरु भिख माग्न यता आउँथे। अब आउँन छाडे। अब भएको उद्योग कौडिको भाउमा बेंच्यौ। चलिरहेको ट्रलि बस भताभुङ पार्यौ। यात्रुलाई सस्तो टिकटमा गन्तब्यमा ओराल्ने साझा बसलाई धेरै पल्ट धरापमा पार्यौ। श्रमिकहरुलाई बेरोजगार बनायौ। युबाहरुलाई खाडि मुलुकहरूमा पँठायौ। खेत बाझो राख्यौं। हाम्रो किसान युबाहरु अब ५० डिग्रीको तातोमा खाडिमा बालु चाल्छन। कृषि यसरी बिग्र्यो कि अब तरकारी तथा अन्न बिदेसबाट ल्याएर खान्छौ। अब खोकनाको तोरिको तेल होइन कि अर्जेनटिनाको तोरिको तेल खोकनाको भनेर खान्छौ।

संविधानमा शिक्षा निसुल्कको थेसिस छ। तर शिक्षा झनै महङ्गो र अनुत्पादकको एन्टिथेसिस छ अर्को तिर। संक्षेपमा भन्छु जसकोलागि गोठ बनाको उसकै पुच्छर बाहिर छ। तिनिहरुका पुच्छर जाडोले कक्रेको र पानीले भिजेको छ। समाजबादको नयाँ सपना यसरीनै बुनिएको छ। समाजबाद उन्मुख संबिधान धरापमा परेको छ। यसलाई सिध्याउन देशी बिदेशी एजेन्टहरु दिन र रात नभनी सक्रिय छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights