☰ open

बिचारको बेग

२०७७ माघ १६, शुक्रबार ०५:०५
मिडियाखबर

खप्तड बाबा

बिचार बिजुलीभन्दा पनि अधिक वेगवान् छ । बिजुली एक सेकेन्डमा सातपटक पृथ्वीको परिक्रमा गर्न सक्छ तर विचारहरुको गति त्योभन्दा पनि तीव्र छ, किनभने विचारहरुका परमाणु बिजुलीभन्दा पनि अति सूक्ष्म र बलवान् हुन्छन् । बिजुली आदि तत्वहरुभन्दा  आफ्नो नजिकै खिच्न तथा टाढा पठाउनमा ज्यादा श्रम पर्दैन । विचार के वस्तु हो भनी बुझ्नका लागि कम्पनको प्रक्रियालाई बुझ्नु पर्दछ । प्रत्येक वस्तुका चार अवस्थाहरु हुन्छन्– दृढ, तरल, वाष्पमय र तेजोमय । दृढ वस्तुमा कम्पनका गति मन्द तथा तरल र वाष्पमयमा तीव्र र तीव्रतर हुन्छ । यसैलाई सृष्टिक्रम भन्दछन् । चतुर्थ अवस्था प्रकाशमय(Radiant) छ ।

कम्पनको साधारण प्रभावबाट शब्द उत्पन्न हुन्छ । उनै कम्पनहरुको तीब्र प्रभावले विभिन्न रङ्गहरुको रुपधारण गर्दछ र कम्पनहरुको भेदबाट रङ्ग प्रकाशमा पल्टन्छ । यी चार अवस्थाहरु बाहेक अरु पनि स्थूल र सूक्ष्म अवस्थाहरु छन् जसलाई देख्ने शक्ति हाम्रा स्थूल इन्द्रियहरुमा छैन तर विज्ञानले तिनको पत्ता लगाउन आरम्भ गरेको छ । क्लार्क माक्सवेल ( Clark Maxwell) ले आफ्नो विद्युत्–चुम्बक सिद्धान्त (Electro Magnetic Theory)  मा भनेका छन् ती ताप, प्रकाश, विद्युत् आदि जुन सबै शक्तिहरुको विकास हामी चारैतिर देख्दछौं, ती सबै विद्युत्–चुम्बक तरङ्गहरु (Electro Magnetic Waves)  हुन् । तरङ्गकारमा नै यी एक स्थानबाट दोस्रो स्थानमा जान्छन् । यी तरङ्गहरु कसमा चल्छन् वा कसका तरङ्गहरु हुन् ? यस प्रश्नको उत्रर दिनका लागि वैज्ञानिकहरुले इथर (आकाशतत्व) नामक एक काल्पनिक पदार्थको अस्तित्व स्वीकार गरेर सबै फार्थिक शक्तिहरुलाई आकाशतत्वकै तरङ्ग मानिलिएका छन् । इथरका शत्तिहरुको लम्बाइको अनुसार नै विभिन्न शक्तिहरु बन्दछन् ।

जसको लम्बाइ अधिक छ ती तापका ( Heat) तरङ्गहरु हुन्, त्यसभन्दा छोटो प्रकाश र त्यसभन्दा पनि छोटो अति बैजनी रश्मिहरु ( Ultra Violet Rays)   हुन । जुन यी अति–बैजनी रश्मिहरुभन्दा पनि छोटा छन् । ती रज्जन रश्मि ( S-Rays) हुन् । जुन अझ फनि साना छन् ती गामारश्मि हुन् र जुन सबैझन्दा साना छन् तिनको नाम ब्रह्माण्ड रश्मि हो । यी ब्रहृमाण्ड रश्मिहरु (Cosmic Rays)  विश्वमा सर्वत्र विद्यमान छन् । जँहा सूर्यको प्रकाश पुग्न सक्दैन त्यहाँ पनि यी रश्मिहरुको अस्तित्व छ । जड (Matter) परमाणुहरुको जस्तै शक्तिका पनि सूक्ष्म गुच्छा हुन्छन् । जर्मन वैज्ञानिक म्याक्स प्लान्कले यी गुच्छाहरुको नाम क्वान्टम वा युनिट दिएका छन् । यी इकाइ नै शक्तिका सबैभन्दा साना वा क्षुद्रतम अंश अथवा परमाणु हुन् । यिनको आकृति शक्तिका तरङ्गहरुको लम्बाइ माथि निर्भर गर्दछ । लम्बाइ बढी हुनाले इकाइहरु आकार अथवा शक्तिको परिणाम उति नै बढी हुन्छ ।

जड (Matter)  र शक्ति (Energy) दुबैका नै परमाणु वा क्षुद्रतम अंश हुन्छन् र यी एक–अर्कासाग मिल्न वा भिन्न रहन सक्छन् । शक्तिको स्वरुप तरङ्ग भएर पनि जड (Matter)  का साथ सम्बन्ध स्थापनाको समय त्यो गुच्छाकार(Bundles)  बनेर यातायात गर्दछ । यी गुच्छाहरुको नाम नै Quantum  हो ।

(श्रोत: खप्तड बाबाद्वारा लिखित बिचार विज्ञानबाट साभार )

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights