☰ open

दुई नम्बर प्रदेश स्तरीय भेला सम्पन्न

२०७७ माघ १८, आईतवार ०५:५१
मिडियाखबर

 

संजय प्रसाद पौडेल

काठमाडौ। नेकपा ओली समुहको दुई नम्बर प्रदेश  सम्पर्क कमिटिको प्रदेश स्तरीय भेला काठमाण्डौ , नयाँ बानेश्वरमा सम्पन्न भएको छ । सो भेलाको आयोजना प्रदेश सम्पर्क कमिटि दुई नम्बर प्रदेशद्वारा आयोजना गरिएको हो। सो भेलाको प्रमुख अतिथि टोप बहादुर रायमाझी हुनुहुन्थ्यो भने बिशेष अतिथि दुई नम्बर प्रदेश ईन्चार्ज सत्य नारायण मण्डल हुनुहुन्थ्यो। सो भेलालाई सम्बोधन गर्दै रायमाझीले पार्टी प्रचण्ड माधवको तिब्र पद लोलुपता र सक्ति आफ्नो हातमा पार्ने र आफ्नो मान्छेलाई पदको भागबण्डा लगाउने खेल भएको हुँदा फुटेको बताउनु भयो। उहाले ५ हजार मान्छे मैले मारेको हुँ भन्ने कहिँ नेता हुन सक्छ ? भनि प्रश्न गर्नु भयो। उँहाले  राजनेता बन्ने सपना देख्नेले त्यस्तो कुरा कतै बोल्दैन भन्दै प्रचण्ड ९ पल्ट फुटी सकेका हुन् । उनि जँहा जान्छन त्यँहा फुटको नेतृत्व गर्छन भनेर आरोप लगाउनु भयो । सो सभालाई दिवाकर भट्टराई , किरण कार्की, योग नारायण यादव, सत्य नारायण मण्डल लगाएतले सम्बोधन गर्नु भएको थियो। कार्यक्रमको अध्यता बिल्टु यादवले गर्नु भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights