☰ open

प्रेम कुमार राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्यक्षमा नियुक्त

२०७७ माघ २१, बुधबार ०७:४०
मिडियाखबर

चुनावी सरकारले संबैधानिक नियुक्ति गर्ने प्रावधान नभए पनि ओली सरकारले संवैधानिक परिषद् ऐन अध्यादेशमार्फत संशोधन गरि नियुक्ति गरेको छ। बुधबार राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थितीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका प्रेम कुमार राईसहित आयोगका अध्यक्षमा नियुक्त भएकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाट तथा सदस्यहरुले सम्बन्धित आयोगको प्रमुखबाट शपथ लिएका हुन् ।

संवैधानिक परिषद्को बैठकले ११ आयोगका ३८ पदमा नियुक्ति सिफारिस गरेको थियो । संवैधानिक आयोगमा सिफारिस भएका ३२ जनाले बुधबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा सपथ लिएका छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेका अनुसार कुल ३२ जनाले सपथ लिएका छन् । गत ३० मंसिरमा बसेको ढिलो सूचना पाएका कारण थारु आयोग, मधेसी आयोगका केही सदस्य शीतलनिवास पुग्न भ्याएनन् । मंगलबार बेलुका मात्र शपथको जानकारी गराइएको थियो । केहीले भने नियुक्ति अस्वीकार गरेको बताइएको छ । संसदीय सुनुवाई बिना नै नियुक्ति भएकाले विवाद भएको थियो । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संवैधानिक परिषद् ऐन अध्यादेशमार्फत संशोधन गरी ११ आयोगमा नियुक्ति सिफारिस गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया