मिडियाखबर
संजय प्रसाद पौडेल
एक पल्ट महादेव र पार्बती पशुपति हुँदै कैलाश जाँदै थिए। यता काठमाडौं खाल्डामा कतै एमाले र माओबादी लीठिक लीठिक हिंड्दै थिए। पार्बतिलाई तिनको अवस्था देखेर दया लाग्यो। बिचरा तिनले ईतिहासमा कहिल्यै पनि बहुमत हासिल गरेर सरकारमा गएका थिएनन्।बिचरा मनमोहनले चलाएको लोकप्रिय र समाजबादी सरकार पनि ९ महिना न पुग्दै शेरबहादुरको महत्वाकांक्षा चुलिदै गर्दा ढलेको थियो। त्यस पछि प्रचण्डको नेतृत्वको कम्युनिस्ट सरकार पनि ९ – १० महिनामै ढल्यो। बिचरा ती दुबै कहिले काग्रेसको त कहिले राप्रपाको त कहिले फेरि काग्रेसको महत्वाकांक्षाको सिकार भए। त्यसछी फेरि नेपाल, खनाल र भट्टराईको सरकार बन्यो तर ती सरकारहरुले कहिल्यै पनि आफ्नो कार्यकाल पूरा गर्न पाएनन्। कहिल्यै पनि पाँच बर्ष सम्म कुनै सरकार चलेन। जनताले दु:ख पाको पाई गरे। एमाले र माओबादिको हालत देखेर पार्बतिलाई सारै टिठ लाग्यो। तिनका दुखी र ढाडमा पेट जोडिएको कार्यकर्ता देखेर पार्बती रुन मात्रै सकिनन।” लौन हजुर! ती एमाले र माओबादिलाई एक ठाउँमा ल्याउनु पर्यो। तिनिहरु एक नहुदा कहिल्यै पुग्दो बहुमत ल्याउन सकेनन्।
जस्ले गर्दा जहिल्यै अस्थिरता भैरह्यो। यिनिहरुलाई यस्तो बरदान दि बक्स्योस कि यी र यिनका कार्यकर्ताको दिन फिरोस। अनि जनताको बिकास पनि होस।” पार्बतीको कुरा सुनेर महादेब रिसले चुर भए। ” खुरुखुरु आफ्नो बाटो नाप। बढता कुरा नगर।”, महादेवले ठुल्ठुलो आँखा तर्दै भने, ” दिन्छु तेस्तालाई बरदान? मेरो भट्टलाई हटाएर आफ्ना कार्यकर्ताहरुलाई भर्ना गरेको होइन प्रचण्डले? यिनिहरुलाई बरदान दिएर केही हुँदैन ।बरु दिन मिले सराप पो दिन्थे। तिमी भनेको मान। बरु छिटो हिड कैलाश। ढिलो भैसक्यो।” ” हैन हजुर! एक पल्ट त यिनिहरुमा कृपया कृपा गरि बक्स्योस ! मेरो बचनको लाज राख्दी बक्स्योस! म हजुरलाई दक्षप्रजापतिले बेईजत गर्दा कसरी दारा किटेर यज्ञमा हाम्फालेकी थिँए।” यति भने पछि महादेबको मन पग्लियो। महादेबले भने, ” यिनिहरुलाई बरदान दिएर केही हुँदैन तर प्रिय तिम्रो खातिर यिनिहरुलाई तीन वटा बरदान दिन म तयार छु।”
त्यस पछि उनिहरु एमाले, माओबादी र तिनका कार्यकर्ता भाठ गए। महादेब प्रकट भएको देखेर उनिहरु आस्चार्यचकित भए। ” ल ! कामरेड हो ! म संग तीन वटा बरदान माग। म आज तिमिहरुसङ अति प्रसन्न छुँ।” त्यस पछि हत्तनपत्त केपि बा अघि सरे। ” हाम्रो पाटिको चुनाबी तालमेल मिलाई दिनु पर्यो। जसले गर्दा हामी दुबैले आफ्नो आफ्नो बर्चस्व रहेको स्थानमा जितेर धेरै सिट हासिल गर्न सकौ।” महादेवले तथास्तु भने। नभन्दै दुबैले राम्रो सिट हासिल गरे। झन्डै दुई तिहाईको बहुमतले सरकार बनाए। सब दङ्गदास । नेता , कार्यकर्ता अनि तिनका आसेपासे अरौटे भरौटे साराका सारा।समय बित्दै गयो। पार्बतीसंग लागेर महादेव फेरि वर दिन उपत्यका आए। “ल अब दोस्रो वर माग।”, महादेवले भने। बोली झर्न नपाउदै प्रचण्डले भने ,” अब हाम्रो पाटि नै एक बनाईदिनुस। तर त्यसको शक्तिसाली अध्यक्ष मध्य म पनि एक बनु।” ” तथास्तु!”, महादेवले भन्नु भयो।
त्यस पछि त्यहाँ के के भयो जगजाहेर नै छ। त्यहाँ भएको फुट, भाडभैलोले कार्यकर्ता चिन्तित भए। एकले अर्कोलाई खेदो खन्ने अति नै भए पछि कार्यकर्ताले एउटा जुक्ती निकाले मर्नु भन्दा बहुलाउनु निको। आखिरी अहिले पनि एउटा आशीर्वाद बाकिनै थियो। अनि फेरि महादेव बरदान दिन आउनु भयो। ” लु ! के वर माग्छौ माग ! म दिन तयार छु।” कार्यकर्ताहरुले सोचे। आखिर यिनिहरुलाई बचाउनै पर्छ। नत्र आपसमै काटाकाट गरेर मर्छन। ” यिनिहरुलाई पहिलाको जस्तै पार्दिनु, हे परमेस्वर!” महादेवले तथास्तु भन्नू भयो। अनि पार्बतीलाई भन्नू भयो,” मैले तिमिलाई भनेको हैन? यिनिहरुलाई कल्यान गरेर हुदैन। देख्यौ त अब? लु हिड अब कैलास! ढिला भैसक्यो।” बिचरा पार्बती मन खिन्न बनाउदै कैलास लागिन।
फेसबुकबाट तपाईको प्रतिक्रिया