☰ open

मांसहारी भनेको प्रचण्डले चिकेन चिल्ली खाने भन्या हो ?

२०७७ माघ २३, शुक्रबार १९:०७
मिडियाखबर

संजय प्रसाद पौडेल

काठमाडौ। आज बागमती प्रदेशको आयोजनामा नेकपा ओली समुहको बिशाल जनसभा काठमाडौमा सम्पन्न भएको छ। सो जनसभाको प्रमुख अतिथि रहनु भएको प्रधानमन्त्री केपी ओलीले प्रमुख वक्ताको रुपमा सभालाई सम्बोधन गर्नु भएको थियो।

उहाँले आफुले नेतृत्व गरेको नेकपा, कम्युनिस्ट पार्टीको मात्र मूल पार्टी नभई देशकै मूल पार्टी हो भन्नु भयो। त्यति मात्र नभई उहाँले उक्त पार्टी देशको भौगोलिकताको रक्षा गर्ने सार्बभौम सत्ताको रक्षा गर्ने पार्टी हो भन्नु भयो।

सो सभा लाई सम्बोधन गर्ने क्रममा कुन पार्टी सक्कली हो र कुन पार्टी नक्कली हो भन्ने आजै टुंगो लागिसकेको कुरा बताउनु भयो।
प्रचण्डले मांसहारी आन्दोलन गर्ने भनेको कुरा प्रति उहाँले आपति प्रकट गर्दै के मांसाहारी भनेको प्रचण्डले चिकेन चिल्ली खाने भन्या हो भनेर सभालाई प्रश्न गर्नु भयो।

उहाँले बुढी आमाले किनेर ल्याएको साग हिजो प्रचण्ड माधव समुहको नेपाल बन्दका क्रममा फ्याकिएको, किसानका मुला फ्याकिएको तथा ट्याक्सी जलाईएका घटना प्रति ज्यादै दुख प्रकट गर्नु भयो। उहाँले आजको कार्यक्रम असफल पार्न हिजो बाटो खनिएको, बाटोमा बम राखिएको तर कसैले जिम्मेबारी नलिएको प्रति आलोचना प्रकट गर्नु भयो।

प्रम ओलीले सभालाई सम्बोधन गर्ने क्रममा बिकासका कुरा पनि उठाउनु भयो। उहाँले तिन बर्समा ६ हजार किलोमिटर बाटो बनेको,४ शय भन्दा बढी सडक पुल बनेको, त्यसै गरि ४ शय भन्दा बढी झोलुङ्गे पुल बनेको चर्चा गर्नु भयो।

सभालाई सम्बोधन गर्ने क्रममा उहाँले अब बाटोमा सडक बालबालिका तथा सडक मानव नदेखिने भन्दै सरकारले सामाजिक सुधारको काम गरेको बताउनु भयो।

अरुले भान्सामा पाकेको डाडुले बाडेर फेसबुकमा फोटो हाल्ने तर आफ्नो काम भने देशामा सुसाशन र समृद्धि ल्याउने हो भन्नु हुँदै बिरोधिहरु प्रति कडा ब्यङ्ग गर्नु भयो। उहाँले चिनबाट पनि नाका खोलेको तथा दक्षिणतिरबाट पनि बन्दरगाहहरु खोलेको कुरा बताउनु भयो।

उक्त जनसभालाई कृष्ण गोपाल श्रेष्ठ , ईश्वर पोखरेल , राम बहादुर थापा लगाएतले सम्बोधन गर्नु भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights