२०७७ माघ २९, बिहीबार १५:४२
मिडियाखबर
काठमाडौं । राज्यविरूद्धको कसुरमा पक्राउ परेकी नेकपाको प्रचण्ड-नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले निरंकुशता विरुद्धको यो अन्तिम लडाइँ हुने बताएकी छन् । हिरासतबाट सामाजिक संजाल फेसबुकमा नेतृ झाँक्रीले लेखेकी छन्, ‘राज्यविरूद्धका कसुरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ । अपराध अनुसन्धान मीनभवनमा छु । सबै साथीहरूले धैर्य गर्नुहोला । यो अन्तिम लडाईं हो।’
फेसबुकबाट तपाईको प्रतिक्रिया