☰ open

प्रचण्ड- नेपाल समूहद्वारा थप आन्दोलनको कार्यक्रमको घोषणा

२०७७ फाल्गुन २, आईतवार १७:५४
मिडियाखबर

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले आइतबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर तेस्रो चरणको थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

जसअनुसार २०७७ फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीयविरोध प्रदर्शन, सभा लगायतका विरोध कार्यक्रम छन् । त्यस्तै २०७७ फागुन ६ गते प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम गर्ने संघर्ष समितिले जनाएको छ ।

फागुन १२ गते चितवन, फागुन २१ गते दाङ्ग र जनकपुर, नेपालगञ्ज, लगायतका शहरहरूमा विरोध प्रदर्शन र सभा र संघीय राजधानी र प्रदेशका राजधानीहरूमा सम्बन्धित पार्टी कमिटी र जनवर्गीय एवम् मोर्चा संगठनको तर्फबाट संघर्षका सिर्जनात्मक कार्यक्रमहरूको निरन्तरता दिइने नेता योगेश भट्टराईले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूह आन्दोलनमा छ ।

(श्रोत:हिमालय ट्रिब्युन)

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights