☰ open

चाकरी कला र हाम्रो समाज

२०७७ फाल्गुन ३, सोमबार १२:५०
मिडियाखबर

संजय प्रसाद पौडेल
कुरो चाकरी कलाको हो। डोरबहादुर बिष्ट जस्ता समाजसास्त्रीहरुले यसबारे थुप्रै लेखेका छन।अब त समजसास्त्रकै पाठ्यसामग्रीमा यस्लाई समेटिएको छ। हाम्रो “चाकरी” आङल भाषा ” Cacari” भएको छ।पहिले पहिले राणाकालमा भनसुन गर्न चाकरीमा जाने चलन थियो। मानिसहरु १२/ १ बजे सम्म कुनै शक्तिशाली राणालाई कुरेर बस्थे भनसुनकोलागि। आफ्ना मामालाई भेट्न जाने भान्जा लाई काठमान्डु उपत्यकामा माईजुहरुले भन्ने गर्थे रे, “भान्जा! मामा त चाकरीमा जानू भाछ।” अब कथा तिर जाउँ ।

वनारसका एक जना मित्र आफ्ना मित्रलाई भेट्न नेपाल आए।धेरै बर्ष पछिको मित्रमिलन ले दुबै खुसी भए। वनारसबाट भेट्न आउने मित्र प्रकान्ड बिद्वान थिए। उनले पूर्वीय दर्सनादिमा विद्यावारिधि  गरेका थिए। बेलुका भलाकुसरी हुँदा ती दुबै पुरानो वनारसकाकालिन विद्यार्थी जीवन सम्झेर रमाए। पहिलाले चाहिँ पढाई छाडेर कर्मकाण्ड गर्थे। ज्योतिषी पनि गर्थे।गाउँमा जजमानी पनि गर्थे। कहिले सहर पनि पस्थे। दोस्रोलाई जरुरत थियो अब जागिर र कन्याको। पढ्दा पढ्दा बुढा भैसके । अब जागिर र कन्या कस्ले दिने?
“कति पढ्नु भो त, मित्र,?” साथिले सोधे।
“पूर्वीय दर्सनमा विद्याबारिधी।” “नेपालमा निकै ठकर खाइयो, तर जागिर र कन्या कतै मिलेको होइन।”

“धन्दा नमान्लुहोला । कन्या त म पनि खोजी दिउँला । तर गाँसको जोहो चाहिँ सक्दिन की ?”
मित्रका तामझाम देखेर बनारसी मित्र छक्क परे। यसको गुढ रहस्य के हो भनी शोधे।
“यसको सबै रहस्य चाकरी नै हो। बनारसबाट फर्केपछि मैले कर्मकाण्ड सुरुगरे। मेरा त जजमानै थुप्रा। अहिले म कहाँ थुप्रै नेता कार्यकर्ताहरु आशीर्वाद थाप्न आउँछन् । धेरै जसो ग्रह शान्ती गर्न आउँछन् ।उनिहरुको ग्रह सान्त भयो कि भएन तर त्यसबाट प्राप्त हुने दक्षिणाले मेरो चाहिँ मन सान्त हुन्छ। प्रक्रियाबाट नहुने काम यहाँ चाकरीबाट हुन्छ।” रात बित्यो। भोलिपल्ट बिहान एकहुल युबायुवती, कोहि जागिरे त्यहाँ आए। बनारसी मित्रले सोधे,” यी को हुन?”

“यिनिहरु कर्ममा थोरै भाग्यामा ज्यादा बिस्वास गर्नेहरु हुन।यिनिहरुको कुन्डली पढ्दा पढ्दा मेरो कुण्डलि चाहिँ धेरै सुध्री सक्यो। तपाईंले वनारसमा चन्द्रमाको कलाबारे सोध गर्नु भयो तर चाकरी कला पढ्न जान्नु भएन। त्यसैले यो उमेरमा जागिर र कन्या दुबै खोज्दै हिंड्नु भएको छ। मैले कलाको अध्यन गरिन तर चाकरी कलामा पारङत भएकोले आज मलाई सबै थोक अर्थात पद, प्रतिष्ठा, मान अनि सम्मान, प्रणय ईत्यादी प्राप्त भएको छ।” वनारसी मित्र आफुले गरेको सोधको प्राप्तान्क हेरेर जिल्ल पर्दै मित्रलाई हेरि रहे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights