☰ open

मूल्य वृद्धिको बिरोधमा अनेरास्ववियु

२०७७ फाल्गुन ६, बिहीबार १२:२०
मिडियाखबर

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको विरोधमा नेकपाको प्रचण्ड-नेपाल समूह निकटको अनेरास्ववियूले विरोध प्रदर्शन गरेको छ ।

अनेरास्ववियूले राजधानीको रत्नराज्य क्याम्पस र त्रिचन्द्र क्याम्पस अगाडि मूल्यबृद्धिको विरोधमा टायर जलाएर सरकारी कदमको विरोध गरेको हो । नेपाल आयल नियगले एक साता नबित्दै दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको छ।

गत हप्ता माघ २८ गते बुधबार मात्रै खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले फागुन ४ गते मंगलबार पुनः मूल्य बृद्धि गरेको हो । पेट्रोलियम पदार्थमा लगाइएको शतप्रतिशत करका कारण सर्वसाधारण इन्धन खरिदमा चर्को मूल्य तिर्न बाध्य भएका छन् ।

सरकारले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोल १ सय १४ रुपैयाँ, डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ कायम भएको छ । आयल निगमले कायम गरेको पेट्रोलको मूल्य साढे २ वर्षयताकै उच्च हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights