☰ open

केपी शर्मा ओली सर्वोच्च अदालतबाट लिखित जवाफ दिएर फर्के

२०७७ फाल्गुन ६, बिहीबार १२:२४
मिडियाखबर

काठमाडौं : अपहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ दिएर कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतबाट फर्केका छन् । बिहीबार मध्यान्ह लिखित जवाफ दिएर कामचलाउ प्रधानमन्त्री ओली सर्वोच्चबाट फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ओली अदालत पुगेको १५ मिनेटमा जवाफ बुझाएर फर्किएका हुन्।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले ओलीविरूद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए । विचाराधीन मुद्दामा टिप्पणी गरेको, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई एक जना बाजे वकिललगायत ओलीले टिप्पणी गरेका थिए । सर्वोच्च अदालतले ओलीलाई सात दिनभित्र आफैँ आएर लिखित जवाफ लिएर आउन आदेश दिएको थियो ।

(श्रोत:इकागज)

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights