☰ open

उपचारको बहाना कि राजनैतीक कानेखुसी?

२०७७ फाल्गुन ९, आईतवार १६:४८
मिडियाखबर

काठमाडौं । देशमा राजनैतिक संकट गहिरिए पछि नेताहरु धमाधम उपचारको वहानामा भरत तिर जाने क्रम बढेको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उपचारका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । आइतबार नेपाल वायुसेवा निगमको जहाजबाट भट्टराई भारतको नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
उनको पेटमा समस्या देखिएपछि उनी उपचारका लागि भारत गएका हुन् यसअघि काठमाडौंको निदान अस्पतालमा भट्टराईले उपचार गराएका थिए । भट्टराईलाई न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका चिकित्सकहरूको छ । चिकित्सकहरूकै सल्लाहमा स्वास्थ्य उपचारका लागि भट्टराई भारत गएका हुन् ।
उनको दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा उपचार हुनेछ । उपचारका लागि दिल्लीमा रहँदा भट्टराईको बसोबास त्यहाँ रहेको नेपाली दूतावासमा हुने भट्टराईको सचिवालयले जानकारी दिएको छ । भट्टराईसँगै उनकी पत्नी हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे दिल्ली गएका छन् ।

त्यसै गरि यस भन्दा अघि झलनाथ खनाल, प्रचण्ड पनि उपचारको बहानामा भारत गई सकेका छन्। नेपालमा कुनै राजनैतिक संकट पर्दा या कुनै नयाँ राजनैतिक समीकरण बनाउने क्रममा या बनिरहेको राजनैतिक समीकरण भत्काउनु परेमा भारत तिर उपचारको बहाना बनेर जाने चलन संस्थागत नै भई सकेको छ । तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता लिए पछि ०६१ / ६२ तिर नेपाली कांग्रेसका नेता गिरिजा प्रसाद कोईराला पनि कुनै बहानामा माओबादी नेताहरुलाई भेट्न दिल्ली छिरेका थिए । उनको माओबादी तथा भारतीय नेतासंगको भेटघाट नेपाली दुतावासले उपलब्ध गरेको ड्राईभरलाई पनि थाह हुदैनथ्यो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights