☰ open

प्रचण्ड नेपाल समुहले आज देश भरि खुसि मनाउने

२०७७ फाल्गुन १२, बुधबार १३:०४
मिडियाखबर

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको कदमलाई बदर गर्ने फैसला सुनाएसँगै नेकपाको प्रचण्ड–नेपाल समूहले खुसीयाली सभा गर्ने भएको छ । प्रचण्ड–नेपाल समूहले आज देशैभर खुसियाली मनाउन लागेको हो ।

संसद पुनःस्थापनाको खुसीयाली मनाउन नेकपाले काठमाडौंमा शान्तिवाटिकामा मध्याह्न १२ बजे भेला हुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

सर्वोच्चको निर्णयपछि समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार साँझ आजका लागि तय भएको विरोध कार्यक्रम खुसीयाली सभामा परिणत गर्ने जानकारी दिएका थिए । प्रचण्ड र अर्का अध्यक्ष माधव नेपाल चितवनमा छन् । उनीहरु आजै काठमाडौं आउँदैछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया