संजय प्रसाद पौडेल
काठमाडौ।
संसद विघटन बिरुद्ध फाल्गुन ११ गते सर्बोच्चको फैसला आए एता नेकपाका दुवै समूहका कार्यकर्ता अब के हुनेको मनस्थिति लिएर बसेका छन्। फैसला पुर्व एता आउने र उता जानेहरुको क्रम चलि रहे पनि सर्बोच्चको फैसला आए पछि त्यो क्रम बन्द प्रा:य भएको छ। कतिपय कार्यकर्ताहरु करिव दुई तिहाईको मत दिदा पनि नेकपा सरकारमा नटिकेको र अहिले राजनैतिक बजार र संचार जगतमा नेकपाको प्रचण्ड माधव समुहले सर्वोच्चको फैसला पछि नेपाली कांग्रेसका नेता शेर बहादुर देउबालाई उनकै निवासमा भेटे पछि नेकपा र कांग्रेस गठबन्धन बारे आफु रहेको निराश बताएका छन् । ” हिजो हुने यस्तै गठबन्धनले देशमा अस्थिर राजनीति निम्त्याएकोले जनताले दुई तिहाईको मत दिएका थिए । तर आज फेरी स्थिति उही नै रह्यो।” एक कार्यकर्ताले यो सम्बाददातासंग भने। उता ओली समुहका कार्यकर्ता पनि अबको राजनीतिको बाटो के हुने भनेर चिन्तित रहेको पाईएको छ। “भोलि माधव प्रचण्डको सहकार्य पनि अहिले माधवले प्रचण्डलाई सर्वोच्चको फैसलाको स्वागत गर्दै लड्डु मुखमा कोचे जस्तो सहज नहुने बताएका छन्। किनभने प्रचण्डको बिगत सबै लाई थाहा छ। उनि उपयोग गर र मिल्क्याउ भन्ने रणनीति पढेका नेता हुन।” ओली समुहका कार्यकर्ता ले भने। संसद भित्र नेकपाको संघर्ष झन् जटिल र भावी समिकरणमा देउवा निर्णायक हुने भए पछि नेकपाका दुवै समुहका कार्यकर्ता ससंकित बनेका हुन्। तर जे भए पनि सर्वोच्चको फैसला पछि दुवै पक्षले शक्ति प्रदर्सन गर्न भने छोडेको छन्।




फेसबुकबाट तपाईको प्रतिक्रिया