☰ open

अब फेरी किनबेचको शृंखला चल्न सक्छ: बाबुराम भट्टराई

२०७७ फाल्गुन १३, बिहीबार १४:४१
मिडियाखबर

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सर्वोच्चको फैसलापछि राजनीतिक दलहरुबीच उही पुरानै कुर्सीको खेल सुरु हुने खतरा बढेको बताएका छन् ।

बिहीबार सामाजिक संजाल ट्वीटमार्फत भट्टराईले जनताको चाहना राष्ट्रिय सहमति भएकाले त्यसतर्फ सचेत हुनुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘सुप्रिम कोर्टपछि राजनीति पुनःदल/नेताको कोर्टमा पुगेको छ । घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरू हुने खतरा छ । टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्न सक्छ । देशको आवश्यकता र जनताको चाहना दल/नेताले पाठ सिकून्; नयाँ राष्ट्रिय सहमति गरून् भन्ने छ है ! चेतना भया !’

(HT)

फेसबुकबाट तपाईको प्रतिक्रिया