☰ open

भारुन्ड को कथा र नेपालको राजनीति

२०७७ फाल्गुन १७, सोमबार ११:५४
मिडियाखबर

संजय प्रसाद पौडेल

कुरो के भएछ भने एकादेशमा एउटा सुन्दर हिमाली जङलमा एक जोडी चरा बस्थे । ती चराहरु बेग्ला बेग्लै गुडमा बस्थे। बिचरा तिनको सबै बचेराहरु षर्पले खाई दिन्थ्यो । उनिहरुको सन्तान हुर्काउने सपना सधै अधुरो रहन्थ्यो । यो सपना ७ बर्ष देखिको थियो। ती दुई बिच जहिले बिबाद भै रहन्थ्यो । यस बिषयमा कि रुखको टाेडकामै बसेर षर्प बिरुद्ध लडाई गर्ने कि जङलतिरबाट आक्रमण गर्ने? जङ्गलतिर गएर षर्प मार्छु भन्ने भारुन्ड सफल भएन ।

कालन्तरमा रुखको टाेडकामै बसेर षर्प बिरुद्ध लडाइँ लड्नु पर्छ भन्ने भारुन्ड सफल भयो। ती दुई मिलेर षर्पलाई यसरी ठुँगे कि त्यो षर्प त्यो रुख बाट भाग्यो । अब उनिहरु एउटै रुखमा बस्न थाले । उनिहरुको रङ रुप एउटै भएकोले उनिहरुले मीत लाए । तर मीत लाउँदा  उनिहरुको मुख चाहि दुईटा र भुँडी एउटा मात्र भयो। तर उनिहरुको मीत लगाई षर्प, चील लगाएत उनिहरुको सत्रुलाई मन परेको थिएन । एक दिन टाेडके भारुन्ड जङलको राजा चुनियो।

अनि राजा भए पछि उसले मिठाे मिठाे खान पायो। जङली भारुन्डले तिमी मात्रै मिठाे खाने? मैले पनि त्यो स्वाद चाख्न पाउनु पर्छ भनेर बिरोध गर्थ्यो। टाेड्के भारुन्डले जस्ले खाए पनि एउटै भुडिमा त जाने होनि भनेर फकाउन खोज्थ्यो । तेसो हो भने अब देखि तिमिले राजाको पदमा पाएको सुबिधा मैले पाउनु पर्छ,मित्ज्यु भनेर उफ्रिन्थ्यो। तर जति मरि मेटे पनि उनिहरुको कुरा मिलेन । टाेडके भारुनड पनि आ हाेस न त उनले पनि मिठो खान पाउन भनेर पद छोडन सक्दैनथे । सारै झोक चले पछि जङली भारुन्डले बिष पिई दियो।

उसले बिष पिएको देखेर षर्प , चिल हरु रमाए । ” तपाईले के गर्नु भाको मित्ज्यु ?”,टाेड्के भारुन्डले सोध्यो। ” मलाई अब बाच्न मन छैन मीतज्यु ,तपाँईहरु राम्रोसँग बस्नुस।”जंगली भारुन्डले भन्यो। ” यो तपाईले के गर्नु भाको ? तपाइँले खाएको  बिषले म पनि मर्छु त। “, टाेड्के भारुन्डले भन्यो। ” “तपाईंलाई यो कुरा थाह रहेछ त । पहिला किन न बुझेको जस्तो गर्नु भयो?” , जंगली भारुन्डले भन्यो । त्यसपछी दुबै भारुन्ड मरे। त्यस बेला देखि फेरि भारुन्ड चरा देख्न छोडिएको छ ।

हामी कहाँ पनि राजनीति यस्तै हो कि भन्ने बेला भैइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights