☰ open

विचार–बल

२०७७ फाल्गुन २०, बिहीबार १६:२२
मिडियाखबर

खप्तड बाबा
परमात्माले मानिसलाई विचार–बल नामक एउटा अद्भुत वस्तु दिएको छ । सयौं मानिसहरुले यस बलद्व ारा
कठिनभन्दा पनि कठिन कार्य गरिसकेका छन् । विचारको दृढता नै मनुष्यलाई ईश्वर बनाउन समर्थ हुन
सक्छ । तर, त्यो विचार साँचो दृढ हुनुपर्छ । विचारहरुको प्रभाव र महत्व यति विधि छ भने तिनलाई बलवान्
र दृढ बनाउने चेष्टा अवश्य गर्नुपर्छ ।

विचार एकपछि दोस्रो, दोस्रोपछि तेस्रो यसप्रकारले उठ्ने गर्दछन् । तिनमध्ये कुनै तय हुन जान्छन् तर जो दृढ
हुन्छन् ती सफलता प्राप्त नगरुन्जेल लय हुँदैनन् । यसै प्रकार केही दृढविचार नराम्रा पनि हुन्छन् । चोर जब
चोरी गर्दछ तब त्यो निन्दित कार्य पनि उसको विचारको नै फल हो । व्यभिचारी र घातकहरुका विचारहरुमा
पनि दृढता हुन्छ तर त्यसलाई विचारको संज्ञा दिइँदैन ।

स्वार्थहीन विचारहरुलाई सत्यमय वा उत्तम विचार भन्नु अनुचित नहोला । दृढविचार ती हुन् जो मन, वाणी
र कर्मका साथै सात्विकता, निःस्वार्थपन तथा सत्यताले पनि युक्त हुन्छन् । यस्ता विचारलाई नै शास्त्रहरुमा
विचार संज्ञा दिइएको छ । अन्य स्वार्थी तथा निन्द्य तामसी विचारहरुको निन्द्य विचार संज्ञा छ । यसैले उत्तम
सात्विक विचार नै कल्याणकारी छन् । नराम्रा विचारहरुको कारण मानसिक दुर्बलता हो । त्यसैले दृढ शुज्ञ
विचारका लागि मन शुद्ध र दृढ हुनु अत्यन्त आवश्यक छ ।

विचार कुनै अदृश्य वस्तु होइन, बरु एक वास्तविक तत्व हो । जब हामी आफ् ना विचारहरुलाई कार्यरुपमा
परिणत गर्दछौ । तब एउटा शक्तिलाई कार्यमा लगाउँदछौं । विचारको बललाई कसैले निरोध गर्न सक्दैन ।
विचार सब शास्त्रहरुभन्दा ठूलो छ । जसलाई परमात्माले मानिसका हातमा दिइराखेको छ । तैपनि हामी सदा
नराम्रा विचारहरुका फन्दामा अल्झिई पराधीनताको गीत गाउँदछौं । यसैले सदा राम्रा विचारहरुलाई मनमा
ल्याउने अभ्यास गर्नुपर्दछ, यसबाट नराम्रा विचार आफैं नष्ट हुन्छन्, किनभने राम्रा विचार अविनाशी हुन्छन् ।
नराम्रा विचार अन्धकारका समान छन् । हामीले प्रकाशलाई उपस्थित ग- यौं भने अन्धकार स्वयं भाग्नेछ ।
तिमीले आफ् नो शरीरमाथि आफ् ना विचारहरुको प्रभावबारे कहिल्यै विचार गरेनौं । आफ् ना राम्रा–नराम्रा
विचारहरुलाई आफ् नो मनमा निबोध (बेरोकटोक) घुस्न दिउका छौ यसैले ती आफ् ना इच्छानुसार तिम्रो
शरीरमा प्रवेश गरी फेरि बाहिर निस्कने गर्दछन् र तिम्रा मस्तिष्कमा राम्रा वा नराम्रा चिन्ह छोडी जान्छन् तर
यस कुरामाथि तिमीले कहिल्यै, किञ्चित् ध्यानसम्म पनि दिएका छैनौं ।

अब के कुरा राम्रोसँग निश्चय गरिहाल भने तिम्रा विचार पदार्थरुपमा परिणत हुन जान्छन् र तिम्रो बाह्य रुप
तिम्रा विचारहरुको तुल्य नै हुन्छ । एउटा योगीको भनाइ छ– जस्तो माथि उस्तै तल, जस्तो भित्र उस्तै बाहिर
। तिम्रा आन्तरिक रुप तिम्रा विचार नै हुन् बाहिरी रुप उनैका प्रतिबिम्ब हुन् । राम्रा विचारबाट नै राम्रो
अनुभव–शक्ति बढ्दछ । राम्रो अनुभव–शक्तिबाट हामी आफ् ना समग्र दुर्बलताहरुलाई हटाउन सक्छौं र
दुर्बलकारी बाह्य प्रभावहरुको शक्तिबाट बाहिर हुन सक्छौं, अप्रभावित हुन सक्छौं । विचारहरु फ् याँक्नाले जति
आघात पुग्दछ, ढुङ्गा आदि फ् ँयाक्दा उत्ति आघात पुग्दैन । त्यसैले कसैलाई विचारद्व ारा आघात पु- याउनु नीच
कर्म हो । अतः जब कसैसँग विचारविनिमय गर्छौ तब दया, आरोग्य र आनन्दको नै विचार देऊ, किनभने
मनुष्य जस्तो विचार गर्दछ त्यो तत्काल त्यस्तै बन्दछ । जस्तो यदि सुधार्ने विचार ग¥ यो भने सुधार्ने क्रिया
पहिले आफ् नो मनमा हुन्छ र तत्क्षण हामी उस्तै बनी पनि हाल्छौं । यस विषयमा पछि सविस्तार वर्णन
गरिनेछ ।

यदि तिमी आनन्द, आरोग्य, ऐश्वर्य प्राप्त गर्न चाहन्छौ भने विचारहरुलाई शुद्ध बनाउने अभ्यास गर । तिम्रा
विचार जब उत्तम र उचित मार्गमा चल्न थाल्नेछन् तब तिम्रो तेज, बल, आरोग्य र ऐश्वर्य आपैm बढ्न
थाल्नेछ । त्यसबाट तिमीलाई अत्यन्त आनन्द र असीम शान्ति प्रतीत हुन थाल्नेछ र तिम्रो जन्म सफल हुन
जानेछ । विचार भिन्न–भिन्न प्रकृतिका हुन्छन् । हामी तिनलाई राम्रा नराम्रा दुई श्रेणीमा विभक्त गर्न सक्छौ ।
प्रथम कोटिमा विश्वास, प्रेम, धैर्य, आनन्द, आशा, दया, स्नेह, पवित्रता र साहसको गणना हुन्छ ।

यदि हामीमा यी गुण छन् र हामी तिनलाई काममा ल्याउँछौं भने शरीरको विधानमा ती हामीलाई स्वस्थ र
बलिष्ठ बनाउनमा सहायक हुने कुरा प्रतीत हुनेछ । दोस्रो कोटिमा घृणा, दुःख, बिलता, अधीरता, क्रोध,
निष्ठुरता, अपवित्रता, काँतरता र निराशा आदि पर्दछन् । मनुष्यमा यीमध्ये एक वा दुई दुर्गुण मात्र पनि
शारीरिक स्वास्थ्य नाश गर्न र असमयमा बुढ्याइँ ल्याउनमा समर्थ हुन्छन् । क्रोधको प्रत्येक उत्थान आयुलाई
घटाउने र रोग बढाउने हुन्छ । यसै प्रकारले धैर्य, प्रेमादिको प्रत्येक कार्यले आयु बढाउँछ र शरीरलाई स्वस्थ
र बलिष्ठ बनाउँछ ।

(विचार बिज्ञानबाट साभार)

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights