मिडियाखबर
संजय प्रसाद पौडेल
पौष ५ गते ओलीले संसद बिघटन गरे देखि नै राजनैतिक विश्लेषकहरुले उनको कुण्डलिनी हेरी सकेका थिए कि अब ओलीकोलागि आगामी राजनीतिक यात्रा सहज छैन। हुन पनि ओलीले करिब दुइ तिहाई नजिकको बहुमतको उपेक्षा मात्र गरेनन् कि आफ्ना पाटि भित्रका बरिष्ट नेताहरुलाई पनि अपमानित गरे । उनको क्रियाकलापबाट पार्टीका बरिष्ट नेताहरु माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड सबै नेताहरु आजित थिए । उनको पहिलो प्रधानमन्त्रिको कालखण्ड जस्तो दोस्रो कालखण्ड राम्रो साबित भएन। उनका पार्टी भित्रै विरोधीहरु प्रसस्तै निस्के भने उनलाई भारत र चीनको पनि प्रसस्तै दवाव खेप्नु पर्यो। ओली आफनो सत्ता टिकाउन कहिले भारतसंग नजिक भए त कहिले चिनसंग ।
सत्ताको सुरुवाती दिनमा ओली चिनसंग नजिक थिए भने पछि उनि भारतसंग नजिक भए। राजनैतिक विश्लेषकहरुका अनुसार जब ओलीले रअ प्रमुख सामन्त कुमार गोयलसंग भेटे त्यति बेला देखि नै ओलीको राजनैतिक ग्राफ ओरालो लागिसकेको थियो। अझ त्यस माथि जब भारतीय विदेश सचिव हर्ष बर्धन श्रिङ्गला, भारतीय सेनापति मनोज मुकुन्द नर्बाणे लगाएतका नेताहरुसंग ओलीले भेटे तब राजनीतिक जगतमा ओली विरोधी एउटा हल्ली खल्ली भई सकेको थियो। यता ओलीको दम्भको पारो पनि अझ चढ्दै थियो। उनको दम्भले प्रचण्ड माधव समूहलाई एति चिढायो कि उनीहरु ओली बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सम्म पुग्ने मनस्थितिमा पुगे। परिणाम पौष ५ गते देखियो। यता हरियो बत्ति बल्दा सडकको वारी र पारिबाट जेब्रा क्रसिंग गर्ने हुलमा मिसिए जस्तै नेकपामा यताबाट उता उताबाट यता आउनेको समाचारहरु प्राप्त भई रहे।
तर फाल्गुन ११ गतेको सर्बोच्च अदालतको निर्णय संगै नेपालको राजनीति अहिले “यु” टर्नमा प्रवेस गरेको छ। अब ओलीलाई प्रचण्ड माधव खेमा र सत्ता ढुकेर बसेका देउबाले सत्ता साझेदारी गर्ने गरि ओली बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता गर्ने छन्। अविस्वासको प्रस्ताव संसदद्वारा पारित भएमा स्वत ओलीले बहिर्गमन गर्नु पर्ने हुन्छ। राजनैतिक रुपमा जति सुकै आलोचित भए पनि सिके राउत संग बार्ता गरि बिखन्डनबादी राजनीतिलाई मूल धारमा ल्याउने जस ओलीलाई नै जान्छ। अनि बिप्लव नेतृत्वको नेकपालाई मूल राजनीतिको धारमा ल्याने जस पनि ओलीलाई नै जान्छ । र, सबभन्दा मुख्य कुरो, सम्बृद्ध नेपाल शुखि नेपालीको नारा दिएर नेपालीको आर्थिक मनोवल उकास्ने पहिलो नेता ओली नै हुन्,यद्यपी उनमा कुनै कमि कमिजोरी थिएन भन्न सकिन्न।विश्लेषकहरुका अनुसार उनि आफ्ना सल्लाहकारको घेरा तोडेर जान सकेनन्। उनलाई बालुवाटार भित्र उनका चाटुकारहरुले यसरि घेरेर राखे कि उनि त्यहाँबाट फुत्किन सकेनन्। अन्त्यमा उनले एण्डर्सनको कथा बादसाहको नयाँ लुगाको नियति व्यहोर्नु पर्यो। उनका आसेपासे , सल्लाहकार र बिचौलियाहरुले ओलीलाई राजनैतिक रुपमा नंग्याई दिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया