☰ open

लोसपामा १५ सांसद पुग्यो, प्रदेश निर्वाचन कार्यालयमा पुगेर थप तीन सांसदले गरे सनाखत

२०७८ भाद्र २०, आईतवार २०:४२
मिडियाखबर

काठमाडौं २०,भदौ २०७८

जनता समाजवादी पार्टी (जसपा)का थप तीन सांसद लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा) रोजेका छन् ।

सांसदहरु रानीशर्मा तिवारी, अभिराम शर्मा र उपेन्द्र महतो जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर लोसपा पक्षमा सनाखत गरेका हुन् । उनीहरुलाई सनाखत गराउन प्रदेशका पूर्वमंत्री एवं सांसद जितेन्द्र सोनल लिएर निर्वाचन कार्यालय पुगेका थिए । तर उनी सनाखत गराएका छैन् । तत्कालिन राजपाकी सांसद रानीशर्मा तिवारी उपेन्द्र यादव समूहमा गएकी थिईन् । तर उनलाई लोसपा अध्यक्ष महन्थ ठाकुर आफ्नो पार्टीमा सनाखत गराउन सफल भएको छ ।

यसअघि जसपाका १२ सांसद लोसपा पक्षमा सनाखत गरिसकेका छन् । अब जसपामा १५ सांसद पुगेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights