☰ open

धनुषा सिडिओ अफिसका नायब सुब्बा चौधरी घुससहित पक्राउ

२०७८ भाद्र २२, मंगलवार २०:१०
मिडियाखबर

काठमाडौं २२, भदौ २०७८

धनुषा सिडिओ कार्यालयका नायब सुब्बा उमेश चौधरीलाई घुससहित रंगेहात अख्तियारको टोलीले पक्राउ गरेको छ ।

नायब सुब्बा चौधरी जनकपुरधामको क्याम्पस चौकस्थित एक होटलमा सेवाग्राहीसँग साढे ८ हजार रुपैया घुस लिएका थिए । सोही बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट आएको टोली उनलाई पक्राउ गरेको छ ।नागरिकताको प्रतिलिपिमा उमेर सच्याइदिने भन्दै सेवाग्राहीसँग नासु चौधरीले घुस लिएका थिए । कानूनी प्रक्रिया पुरा गरी अख्तियारको टोलीले आवश्यक कारबाही गर्न उनलाई बर्दिबास लगेको बताइएको छ ।धनुषामा पछिल्लो समय भ्रष्टाचार बढेपछि अख्तियारका अधिकारीले निगरानी बढाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया