☰ open

एमसीसी बारे सरकारले सुझाव मागे, दिन्छुः सीके राउत

२०७८ भाद्र २६, शनिबार ०९:४८
मिडियाखबर

काठमाडौं२६, भदौ २०७८

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पास गर्ने/नगर्ने विषयमा दलहरु ध्रुवीकरण भएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमाले एमसीसीको विपक्षमा उभिएका छन् भने सत्तारुढ गठबन्धनमै मतभेद देखिएको छ । अलग मधेस देशको एजेण्डा त्यागेर राष्ट्रिय राजनीतिमा आएका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत भने एमसीसी बारेमा मौन छन् ।

उनले आफ्नो एजेण्डा नै नभएकाले एमसीसी विषयमा केहि बोल्न मानेका छैनन् । उनी भन्छन्, ‘ एमसीसी हाम्रो एजेण्डाभित्र पर्दैन् । हामीले उठाउनुपर्ने हजारौं एजेण्डा छन् । त्यस विषयमा त बोलिरहेकै छु ।’ अध्यक्ष डा. राउतले एमसीसी विषयमा हामीले बोलेर पनि केहि नहुने बताए । ‘निर्णय गर्ने अधिकार संसदमा बस्नेहरुको हो’, उनले भने, ‘हामीले बोलेर के हुन्छ ? इनर्जी लगाउनु पनि बेकार हुन्छ । टाइम पास मात्र हुनेछ ।’ एमसीसीको बारेमा हाम्रा विज्ञहरुले अहिले अध्ययन नै गरिरहेको बताए । एमसीसी संसदले पास गर्नुपर्छ कि पर्दैन् भन्ने जिज्ञासामा उनले केहि बोल्न मानेनन् । सरकारले हामीसँग आधिकारिक रुपमा सुझाव माग्यो भने दिने उनको भनाई थियो । कतिपय राजनीतिक दलले एमसीसी विरुद्ध आन्दोलन समेत गरिरहँदा जनमत पार्टीका अन्य नेता कार्यकर्ता समेत केहि बोलेका छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights