☰ open

बैठक छाडेर भागे महासेठ, पूर्व माओवादी मण्डललाई बोल्न रोक

२०७८ आश्विन ११, सोमबार १९:५९
मिडियाखबर

काठमाण्डु  ११ आश्विन २०७८

नेकपा एमालेको केन्द्रिय समिति बैठकको समुह छलफलका प्रदेश २ संयोजक रामचन्द्र मण्डललाई प्रतिवेदन प्रस्तुत गर्न रोक लगाएका स्थायी कमिटी सदस्य रघुबीर महासेठलाई नेताहरुले ‘नोटिस’मा लिएका छन् ।

समुहगत प्रस्तुती गर्ने जिम्मेवारी पाएका मण्डललाई महासेठले आफ्नो प्रतिकुलका सुझावहरु हटाउन दवाव दिएपछि विवाद भएको थियो ।महासेठले हुकुमीशैलीमा मण्डललाई समुहको सुझावमा थपघट गराउन निर्देशन दिएपछि महासेठ बिरुद्ध बैठकमा वातावरण बनेको थियो । महासेठको कर्तुतबारे यथार्थ थाहा पाएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल र संयोजक विष्णु पौडेलले मण्डलप्रति सहानुभुति जनाउँदै महासेठलाई सचेत गराइने बैठकमा नै जानकारी गराएका थिए । तत्कालिन नेकपामा विवाद भै विभाजनको संघारमा पुगेको बेला मण्डलले एमाले रोजेका थिए ।उनको त्यो रोजाइकै कारण प्रदेश सभासदस्यको पद समेत गुमेको हो ।मण्डल धनुषा जिल्लाबाट माओवादीको टिकटमा निर्वाचित सभासद थिए । हाल धनुषा जिल्लाको एमाले ईञ्चार्ज रहेका मण्डललाई केन्द्रिय कमिटी बैठकमा अपमानितगर्दै बोल्न रोकेपछि महासेठको कडा आलोचना भएको थियो ।शनिवारको बैठकमा नेताहरुले महासेठलाई सचेत गराउने बताएपछि उनी बैठकबाट भागेको एकजना केन्द्रिय सदस्यले जनाए । प्रदेश २ मा एमाले स्थायी कमिटीमा महासेठ र सत्यनारायण मण्डल रहेका छन् ।मण्डलपनि महासेठकै अनुयायी बनेको बताइन्छ ।एमालेका नेताहरुका अनुसार महासेठको कारण प्रदेश २ मा संगठन धराशायी भएकोछ ।महासेठको प्रभु साहसितपनि बोलचाल नै बन्द छ । पतिपत्नी नै सांसद रहेको र ओली प्रधानमन्त्रीबाट हटने बेला उपप्रधानमन्त्री समेत बनाएपछि महासेठको मन चढेको छ ।

महासेठ दम्पतीको कृयाकलापकै कारण प्रदेशमा संगठधन ध्वस्त बनेको आरोप लगाउँदै एकजना केन्द्रिय सदस्यले भने, नेतृत्वले समयमै नचेते अकल्पनिय परिणाम अगामी चुनावमा ब्यहोर्नु पर्ने हुन्छ । एमालेको सम्पन्न बैठकमा धारणा राख्ने क्रममा पूर्वमाओवादीका नेताहरुले जेठ २ कार्यान्वयन हुनुपर्ने, १० बुँदे कार्यान्वयन हुनुपर्ने र अध्यक्ष ओलीको प्रस्तावमै ‘नेकपा पार्टीको निरन्तरता हो’ भनिएकाले माओवादीबाट आएकालाई उचित स्थान दिइनुपर्ने माग गरेका थिए । पुनर्गठित एमाले नेकपाकै निरन्तरता हो भने माओवादीबाट आएका सबै तहका पदाधिकारीलाई पदाधिकारी नै मान्नुपर्ने पूर्वमाओवादी नेताहरुको माग छ । माओवादी नेताहरुको माग सम्बोधन भए प्रभु साहलाई स्थायी कमिटीको सदस्य बनाइनुपर्ने ,प्रदेश र जिल्लामा पनि जुन तहबाट आएका हुन्, सोही पद दिइनुपर्ने पूर्वमाओवादी हुन्छ ।महासेठको स्थायी कमिटी पद धरापमा पर्नेछ ।उनी प्रदेशको ईञ्चार्जबाट समेत हटनु पर्ने हुन्छ । प्रदेश २ को समुहगत प्रतिवेदन प्रस्तुत गरिएपछि अध्यक्ष ओलीले सदस्यहरुलाई व्यक्तिगत रुपमा कुनै सुझाव भए दिन आग्रह गरेका थिए ।त्यसपछि मण्डलले आफ्नो पीडा सुनाएका थिए ।मण्डललाई बोल्न स्थायी कमिटी सदस्य महासेठले रोकेको घटनालाई केन्द्रिय कमिटीको बैठकमा गंभीरतापूर्वकलिदै सदस्यहरुले चर्को बिरोध गरे । मण्डलको भनाईपछि बैठकमा माहोल बिग्रेको अनुभुतीगर्दै महासेठ टाप कसेका थिए ।गत चुनावमा महासेठलाई मण्डलले ईमान्दारीपूर्वक सघाएका थिए ।

धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को पूर्वी भागमा मण्डल जातीको बसोबास छ । तर मण्डल जिल्ला इञ्चार्ज भएपछि महासेठले उनलाई मनपराउन छाडेका छन् ।महासेठको पछिपछि नरहने र प्रभु साहको बैठकमा मण्डल सहभागि हुन थालेपछि ‘तह’ लगाउन महासेठ लागेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights