☰ open

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

२०७८ आश्विन १३, बुधबार १९:५३
मिडियाखबर

कठमाण्डौ १३ अशोज २०७८ ।

प्रदेश नं २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले छापा मारेको छ ।

वुधवार प्रदेश २ सरकारले जितिया पर्वको उपलक्ष्यमा महिला कर्मचारीहरुलाई विदा दिएको समयमा अख्तियारले छापा मारेको हो । करिव दुइ वजे देखि अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोग वर्दिवासको टोलीले प्रदेश २ को बेटि पढाउ बेटि वचाउ अभियान अन्तरगतको साइकल वितरणमा खर्च विवरण सम्वन्धि फाइल अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगको उपसचिव मेघनाथ रिमालले वताए । उनले साइकल खरिदमा अनियमीतता भएको उजुरी आएको र सोहि अनुसार छानवीन गर्नका लागि मुख्यमन्त्री कार्यालयमा ६ जनाको टोली संगै छानवीनमा लागेको वताए । अहिले अध्यन प्रक्रियामा छ ,अध्यन पश्चात फाइलहरुलाई अख्तियार लग्ने नलग्ने विषयमा जानकारि गराउने उपसचिव रिमालले वताए ।

जानकी मन्दिरमा १२ करोडको अनियमीतता भएको विषयमा छानवीन प्रक्रिया किन नबढाएको भनि संचारकर्मीहरुको प्रश्नमा त्यसलाई पनि छानवीनको प्रक्रियामा छिटै ल्याइने जानकारि दिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासको उपसिचिव मेघनाथ रिमालको नेतृत्वमा ६ जनाको टोली मुख्यमन्त्री कार्यालयको करिव दुइ वजे देखि छानवीनमा व्यस्त रहेको देखिएको थियो । प्रदेश सरकारको महत्वाकांक्षी योजना मध्ये एक वेटी पढाउ वेटी वचाउ अन्तरगत साइकल खरिदमा व्यापक अनियमीतता भएको भनेर विभिन्न संचारमाध्यमहरुमा समाचारहरु आएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights