☰ open

विमलेन्द्र निधिले गरे सभापति पदका लागि औपचारिकरुपमा उम्मेदवारी घोषणा

२०७८ मंसिर ९, बिहीबार २०:२९
मिडियाखबर

२०७८ मंसिर ९, बिहीबार

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औँ महाधिवेशनमा सभापति पदका लागि औपचारिकरुपमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

बिहीबार एक कार्यक्रमको आयोजना गर्दै १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले उम्मेदवारी घोषणा गर्दै काँग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी किन भनी भनेर २३ बुँदे प्रतिबद्धता पत्र पनि सार्वजनिक गर्नुभएको छ । निधिले सभापतिमा आफ्नो उम्मेदवारीको ध्येय र आशय अगामी सरकार नेपाली काँग्रेसको एकलौटी बनाउनु रहेको बताउनुभयो । उहाँले कांग्रेसको नेतृत्वमा संविधानमा जारी भएपनि निर्वाचनपछि कम्युनिष्ट पाटींले सरकार बनाएपछि विकृती विसंगती सुरु भएकाले कांग्रेसको नेतृत्वमा जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्न कांग्रेसको एकलौटी सरकार आवश्यक रहेको बताउनुभयो ।

निधिले आफ्नो नेतृत्वमा कांग्रेसले आगामी तीनै तहका निर्वाचनमा बहुमत हासिल गर्न सक्ने दाबी गर्नुभयो । उहाँले जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन र देशको भौगोलिक विविधता,हिमाल, पहाड, तराई–मधेस, पश्चिमदेखि पूर्वका सबै जनताको भावनात्मक रुपमा जोड्ने कांग्रेस बनाउन आफूलाई सभापतिमा निर्वाचित गर्न आग्रह

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights