मिडियाखबर
ललितपुर २ पौष २०७८ ।
अक्त्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायले भष्टाचारको मुल जरो नै नेताहरु भएको बताएका छन् । ललितपुरमा राष्ट्रिय बौद्धिक केन्द्रले आयोजना गरेको ‘भष्टाचार एउटा राष्ट्रिय कोढं हो’ शिर्षकको अन्र्तकृया कार्यक्रममा बोल्दै पूर्व प्रमुख आयुक्त उपाध्यायले सो बताएका हुन् । उनले भष्टाचार बढेको भन्दै देश नै रहन्छ कि रहँदै भन्ने चिन्ता समेत उब्जिएको बताए । उनि भन्छन्‘ आगामी चुनाबमा राम्रा, असल नियत भएका व्यक्ति चुनांै, पार्टी होइन’ । भष्टाचार बढनुमा जनता नभइ पुरापुर राजनीति जिम्मेवार रहेको उनले बताए । कानुनहरु बन्दैनन्, संसदमा निर्णयहरु हुुदैनन् फलत भष्टाचार बढिरहेको छ–उनले भने ।
कार्यक्रममा संसदीय सुनुवाइ समितिका सदस्य लक्ष्मणलाल कर्णले राजनीतिज्ञले नै भष्टाचार गर्नु महापाप भएको बताए । संविधान, अख्तियार, न्यायलय जस्ता निकायहरु रहँदा पनि भष्टाचारको रोग निको नभएको कर्णले बताए । भष्टाचार निवारण सम्बन्धमा बहस नै हुनुपर्ने, नयाँ ढंगले अघि बढनुपर्ने उनले बताए ।
कार्यक्रममा जनता समाजबादी पार्टीको केन्द्रिय सदस्य रेखा यादबले युवाहरु राजनीतिमा आएर भष्टाचार मुक्त राजनीति र समाज निर्माणमा लाग्नुपर्ने बताइन । भष्टाचार निवारण गर्न हरेक व्यक्तिले आफैबाट थालनी गर्नुपर्ने उनको तर्क थियो । अहिले त भष्टाचारको दोषी नै को हो खुट्यान नसकिने अवस्था आएको उनले बताइन् । जताततै भष्टाचारले गाँजेको उनले बताइन् ।
कार्यक्रममा राष्ट्रिय बौद्धिक केन्द्रका अध्यक्ष पवनलाल श्रीवास्तबले भष्टाचार प्राचिनकाल देखि अहिलेसम्म भएकोले यसको जरो गहिरो रहेको औंल्याए । अध्यक्ष श्रीवास्तबले भने‘ भष्टाचार राजनीतिक नेतृत्वमा प्रमुख रुपमा रहेको छ । प्रशासनिक र न्यायिक प्रणालीमा सुधार नभएसम्म भष्टाचार राकिन्न ।’ भष्टाचार रोक्न कानुन बनाइन्छ तर कानुन बनाउने मानिस नै भष्टाचार गरिरहेको देखिन्छ उनले भने ।
अध्यक्ष श्रीवास्तवले प्रजातन्त्रको गीत गाएर भष्टाचार गर्नेहरु बढेको बताए । अहिले सरकारी, गैरसरकारी, अन्र्तराष्ट्रिय गैरसरकारी संघसंस्थामा माथीदेखि तलसम्म भष्टाचार बढेको उनले बताए । श्रीवास्तबले राष्टिय नेतृत्व चरित्रवान र नैतिक नबनेसम्म भष्टाचार नरोकिने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसको केन्द्रिय सदस्य अनिता देबकोटा, नेकपा एमालेका केन्द्रिय सदस्य हरिकृष्ण ब्यन्जनकार, नेपाली काँग्रेसका ललितपुर जिल्ला सभापती जितेन्द्र श्रेष्ठ लगायतले पनि आफना धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य संस्थाका सदस्य देबेन्द्रराज तिवारीले, धन्यवाद मन्तब्य हरिकृष्ण अर्यालले दिएका थिए । उदघोषण प्रताब पुर्ण शाक्यले गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया