मिडियाखबर
२०७८ पुष २०, मंगलवार
जनता समाजवादी पार्टी (जसपा) का युवा सांसद प्रमोद कुमार साहलाई संघीय संसदमा प्रमुख सचेतक बनाइएको छ ।
संसदीय दलका नेतामा जसपा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मतबाट चयन भएको केही महिना पछि साहलाई दलको प्रमुख सचेतकमा नियुक्त गरिएको छ । संघीय सरकारमा मन्त्री बन्ने पक्का रहे पनि साहको नाम अन्तिम समयमा हटाइएको थियो । दलको प्रमुख सचेतक भएपछि साहले सांसद बाहेकको सेवा सुविधाहरु पाउने छन् । सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) को टिकटमा निर्वाचित भएका हुन् । सो क्षेत्रबाट पराजित निश्चित रहेको निष्कर्ष निकालेको राजपाका तत्कालीन नेताहरुले उनलाई उम्मेदवार बनाउन पत्नी निराकुमारी साहलाई प्रदेश सभामा समानुपातिक सूचीमा राखेका थिए । उनी पनि प्रदेशमा सभासद छन् । पार्टी कार्यालयमा सोमवार बसेको नेताहरुको बैठकले साहलाई दलको प्रमुख सचेतकमा नियुक्त गर्ने निर्णय गरेको हो । उमाशंकर अरगरियाले महन्थ ठाकुर नेतृत्वको पक्षमा गएपछि उक्त पद रिक्त रहेको थियो । अरगरियाले पार्टी छाडेपछि साहलाई प्रमुख सचेतक बनाइएको छ । उनी मन्त्री हुन नपाएपछि असन्तुष्ट बनेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया