☰ open

पछिल्लो २४ घण्टामा नेपालमा ९६८ कोरोना संक्रमित थपिए

२०७८ पुष २३, शुक्रबार १९:१९
मिडियाखबर

काठमाडौं २३, पुस २०७८ ।

पछिल्लो २४ घण्टामा नेपालमा एकैदिन ९६८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार ९६८ जना संक्रमित थपिएका हुन्।
१४ हजार ९७१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ८ हजार २७२ जनाको पिसिआर परीक्षण र ६ हजार ६९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।२६२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।
अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ पुगेको छ।

यस्तै, काठमाडौं उपत्यकामा ३६९ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २८४, भक्तपुरमा २३ र ललितपुरमा ६२ गरी ३६९ जना थपिएका हुन्।छिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights