२०७८ पुष २५, आईतवार २१:०१
मिडियाखबर
काठमाडौं २५, पुस २०७८
कोभिड-१९ व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड संक्रमण बढेकोले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो। बैठकको सिफारिस मन्त्रिपरिषदले निर्णय गरेपछि लागु हुनेछन् ।
त्यस्तै बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुनेगरी मेला महोत्सव नगराउने गरी भीड रोक्न माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने निर्णय गरेको छ । बैठकले सीमा नाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय गरेको छ ।
बैठकले प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय पनि गरेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया