☰ open

‘अब ९ हजार ५ सयमै आधुनिक कोट–पेन्ट’-व्यवसायी झरिलाल खङग

२०७८ माघ २, आईतवार २०:४०
मिडियाखबर

काठमाण्डौ २ माघ २०७८।
भक्तपुर सुर्यबिनायक राममन्दिर नजिकै रहेको ओम शान्ति टेलरिङले अब ९ हजार ५ सय रुपैयाँमा सुट पाइन्ट तयार गरेर विक्रि गर्ने भएको छ । ओम शान्ति टेलरिङले सबै खालका ग्राहकहरुको पहुँचमा सुट पेन्ट पुगोस्, रहरको पहिरन सबैले लगाउन सकुन् भन्ने हिसावले सस्तो सुलभ दरमा सुट पेन्ट विक्रि गर्न लागिएको सञ्चालक झरिलाल खङगले बताए ।
उनले भने ‘हामी ९ हजार ५ सय रुपैयाँमै कोर्ट–पेन्ट, स्टकोट, सर्ट, टाइ, सुटकभर ग्राहककै रोजाइका कपडा र उनीहरुकै रोजाइको डिजाइनमा सिलाएर दिनेछौ’ । खङगले आफुले धेरै सोचेर यो खालको अफर ग्राहक समक्ष ल्याएको बताए । उनी भन्छन् ‘हामीले दिएको दर र गुणस्तर एवं आधुनिक प्रविधिजनित सेवा सुविधा अरु अहिलेसम्म अरु कसैले दिएका छैनन् । नाफा भन्दा ग्राहकप्रतिको सेवाभावले हामीले यस योजना ल्याएका हौ ।’
ओमशान्ति टेलरिङ सुट पेन्ट मात्रै नभएर दौरा सुरुवालको लागि पनि प्रसिद्धि कमाएको सस्था भएको खङगको भनाइ छ । ग्राहकहरुकै रोजाइ अनुसार दौरा सुरुवाल सिलाइने उनले बताए । त्यसका साथसाथै विवाह ब्रतबन्ध तथा स्कुल कलेजका सबैखाले लत्ताकपडाहरुको उत्कृष्ठ सिलाइ गरिने उनले बताए । एकपटक ओम शान्ति टेलरिङमा आएर सेवा लिएर हेर्न खङगको ग्राहक समक्ष अनुरोध छ । उनी भन्छन् ‘एकपटक सेवा गर्ने मौका दिनुहोला ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया