☰ open

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विभाजनको संघारमा

२०७८ माघ २०, बिहीबार २०:३६
मिडियाखबर

काठमाडौं २०,माघ २०७८

जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएर ६ महिनाअघि बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विभाजनको संघारमा पुगेको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टी भित्र एकलौटी गर्न थालेपछि पार्टी विभाजनको संघारमा पुगेको छ । पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रदेश अध्यक्ष देखि जिल्ला अध्यक्ष सम्मको मनोनयनमा आपूmहरुलाई उपेक्षा गरी पार्टी अध्यक्ष ठाकुरले एकलौटी गरेको भन्दै पार्टीका नेता वृषेशचन्द्र लाल, डा. बिजयकुमार सिंह लगायतले तराई मधेश लोकतान्त्रिक पार्टी व्युँताउन थालेका छन् । प्रदेश समिति र जिल्ला समितिको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै केही दिनअघि लोसपाका कार्यकर्ताहरूले बबर महलस्थित पार्टी कार्यालयमा धर्ना समेत दिएका थिए । तर, अध्यक्ष ठाकुरले भइसकेको निर्णय अब फिर्ता नहुने जवाफ दिएपछि उनीहरू फर्किएका थिए । आन्तरिक द्वन्द्वबाट जुधिरहेकै बेला लोसपाका नेताहरू त्यो विवादबाट हटेर तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) लाई सक्रिय बनाउने अभियानमा जुटेका छन् । पार्टीका नेता वृषेशचन्द्र लालले आफ्नो नातेदार (रविशंकर लाल कर्ण) सुभाष कर्णलाई अध्यक्ष बनाएर तमलोपा समेत व्युँताई सकेका छन् । उनी छिट्टै लोसपा परित्याग गरि तमलोपाको नेतृत्व सम्हालने स्रोतको दावी छ ।

जसपाबाट फुटेर लोसपा दर्ता भए यता लाल, सिंहलगायतका नेताहरू असन्तुष्ट देखिँदै आएका छन् । मधेश आन्दोलनको सुरूवातसँगै तमलोपा हुँदै लोसपासम्म आइपुग्दा पार्टीले आन्दोलनकारीहरुलाई अवमूल्यन गरेको उनीहरूको असन्तुष्टि छ । मधेश एजेन्डाका लागि पार्टी गठन भए पनि नेताहरूले मुद्दा बिसाइदिएको असन्तुष्ट नेताहरूको आरोप छ। नेता लाल लोसपा लोकतान्त्रिक विधिबाट सञ्चालन हुन नसकेको र क्षेत्रीय मुद्दा पनि उठाउन नसकेकोले छुट्टै पार्टीको आवश्यक्ता महसुस भइरहेको बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights