☰ open

सामाजिक अभिन्यता मनोजसिंह दनुवार अध्यक्ष पदमा निर्बिरोध

२०७८ माघ २६, बुधबार १०:५९
मिडियाखबर

मधेस प्रदेश:संवाददाता मुकेश ठाकुर /ओम शाह

मधेस प्रदेश समन्वयको प्रथम अधिवेशनले नेपाल आदिवासी जनजाति महासंघमा सर्बसहमतले दनुवार चयन भएका छन् । नेपाल आदिवासी जनजाति महासंघमा मधेस प्रदेश समन्वयको प्रथम अधिवेशनले समाजसेवि तथा समाजिक अभियनता मनोज सिंह दनुवार सर्बसहमतले अध्यक्ष पदमा निर्बिरोध निर्वाचित हुनुभएको छ साथै वहाँ नेतृत्वमा ३१ मधेश प्रदेश समवन्य परिषद् गठन गरेको हो । मधेस प्रदेशको राजधानी प्राचीन तथा विश्व प्रसिद्ध धार्मिक पवित्र तिर्थस्थल बहुसंस्कृति झल्किने साझा संगम मिथिला नगरि जनकपुरधाम मशाला कटेजमा प्रतीनिधीमुलक सहभागिता आयोजित अधिवेशन मंगलबार सम्पन्नभएको छ। वहाँ ले सम्पुर्ण पदाअधिकारीहरु दायित्वबोध ,सम्मान साथ जिम्मेवारीपूर्वक अगाडि जाने साथै नेपालको मुल कानुन संविधानमा हाम्रो पहिचानको स्वामित्व हुने गरि राज्यले आदिवासी जनजाति लाई अमुल्यन गर्न नमिल्ने आफ्नो हक र अधिकारको सुनिस्चित हुनुपर्ने त्यस् निम्ति हामी अविरल लागीरह्ने साथै पदिय संगठन प्रतीको निष्ठाभाव ले लाग्ने हामी गर्बका साथ अनुभुती हुने कार्यसम्पाद्न गर्ने यसमा आफुहरु पुर्णप्रतिबद्ध रहनेछु।

उत्त गरिमामय आयोजित कार्यक्रको अधिवेशनको प्रमुख अतिथिको रूपमा मधेस सरकारको प्रवक्ता एवं अर्थ मन्त्री माननीय शलेन्द्र प्रसाद साह द्वारा सन्दर्भीक मन्तबय राखेका थिए आदिबासी जनजाती सशक्तिकरणका लागि मधेश सरकार सदेब प्रतिबद्ध रहिदे आएकोछ, मधेशि तथा आदिवासी जनजातीहरुको हक अधिकारको कार्ययोनोन को निम्ति मधेस सरकार सदेब अग्रसरता लिएको उत्पिदित वर्गहरुको नेतृत्व राज्यको मुलधार नल्याई देश समाजिक न्याय र सबै खाले विभेद अन्त्य नहुने अब देध संघीय लोकतान्त्रिक गणतन्त्र लाई संस्थागत कार्यनवयोन लागी सम्पुर्ण नागरिक समुदायको स्वामित्व अवस्यक रहेको र समृद्ध, विकास ,सुशासन तथा समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्र आर्थिक रूपान्तण सहितको संघीयताको मुल मर्म र भावना अनुरुप पहिचानमा अधारित समाबेशी ,समानुपातिक , तथा इन्द्रेणि राष्ट्रियता, समुन्नत नेपाल निर्माणका निम्ति अहम् भुमिका खेल्ने छ। नवनिर्वाचित सम्पुर्ण पदाकारीहरु लाई कार्याकाल पुर्ण सफलताको शुभकामना दिदै ।

गठित समितिको उपाध्यक्षहरुमा कमल बहादुर पिठाकोटे मगर, दिल कुमारी चौधरी, भुवन राई, जमुना भुजेल, मोहन बहादुर माझी चयन भएका छन् । यसैगरी समितिको मुख्य सचिवमा दुर्गाहरी ग्यावा तामाङ, सचिवमा छोईसल घ्लान तामाङ, विजय रंजितकार, तारा सुनुवार, बलिराम चौधरी थारु, दिपु बोट चयन भएका छन् । सदस्यहरुमा पदम कुमारी राना मगर, धर्मेन्द्र कुसबडिया, रविन्द्र लाल उराँव, मनुमाया मोक्तान तामाङ, सुनिता कुमारी सिंह दनुवार, जीवन भुजेल सपना राई, रुद्र बुर्जा मगर रहेका छन् । पदेन सदस्यहरुमा सप्तरी जिल्ला अध्यक्ष बृजमान तामाङ, सिराहा अध्यक्ष डेनोक मोक्तान तामाङ, धनुषा जमुना भुजेल, महोत्तरी सन्तराज तामाङ, सर्लाही बुद्धि बहादुर सुनुवार, रौतहटबाट नरेन्द्र राना मगर, बाराबाट रामदास धजु नेवार र पर्साबाट सोम लामा तामाङ चयन भएको निर्वाचन मण्डलका संयोजक गोविन्द छन्त्यालले जानकारी दिए । नव गठित समितिलाई नेपाल आदिबासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष जगत बरामले नेपाल आदिबासी जनजाती महासंघका केन्द्रिय अध्यक्ष जगत बरामले आदिवासी जनजातिको हक अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्नेमा जोड दिए । आदिबासी जनजातीहरुलाई सरकारले हेर्ने दृष्टिकोण फरक रहेको बताउँदै उनले पहिचान, अधिकार, समानुपातिक प्रतिनिधित्व लागि अझै संघर्षको आबश्यकता औलाए तथा नव निर्वाचितहरु लाइनमा सपथग्रहण गराएका छन् र । निर्वाचन मण्डल सदस्यहरुमा अर्जुन योन्जन तामाङ र रोजलिन बछार थारु रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया