मिडियाखबर
काठमाडौँ २८,माघ २०७८ ।
सिटिजन्स बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले पूर्व रुकुम जिल्लाको भुमे गाउँपालिका ९२ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ ।
बैंकले सो स्थानमा सेवा सञ्चालन गर्न स्थानीय व्यवसायी धन बहादुर वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९२ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया