☰ open

शहिदलाई सम्झँदै युवा नेता प्रमोदले गरे १३औ पटक रक्तदान

२०७८ फाल्गुन १, आईतवार २०:०८
मिडियाखबर

काठमाण्डौ १ फागुन २०७८

युवा नेता तथा सामाजिक अभियन्ता प्रमोद कुमार यादबले माओवादी जनयुद्धको अवसरमा रक्तदान गरेका छन् । सामाजिक क्षेत्रमा काम गर्दै आएका यादब युवा नेता समेत हुन् । उनी माओवादी केन्द्रमा सम्बद्ध छन् । यादबले १३ औ चोटी रक्तदानगरेका हुन् ।
सहयोगी महिला जागरण मञ्चको आयोजना तथा लायन्स कलब अफ काठमाण्डौ युनाइटेड सेन्टल र वातावरणमैत्री समाजको सहकार्यका साथै केन्द्रिय रक्तसञ्चार सेवा ताहाचलको प्राविधिक सहयोगमा आज आयोजित नियमित खुल्ला रक्क्तदान कार्यक्रममा उनले १३ औ पटक रक्तदान गरेका हुन् ।

रक्तदानबाट कसैको ज्यान बच्न सक्ने भएकोले पनि नियमित रक्तदान गर्दै आएको अभिन्यता यादबले बताए । अझै महान जनयुद्ध दिवसको दिन शहिदहरुलाई सम्झेर रक्तदान गर्न पाउँदा खुशी लागेको उनले सुनाए । नेता तथा अभिन्यता यादबले भने ‘हामीले जनयुद्धका शहिदहरुको त्याग विर्सिए अहिलेको परिवर्तनको सम्मान हुदैन ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights