☰ open

जसपामा सामुहिक नेतृत्वको लागि अध्यक्ष उपेन्द्र माथी दवाब

२०७८ फाल्गुन ३, मंगलवार २१:४८
मिडियाखबर

प्रमोद कुमार यादव

राजनीतिक परिवर्तनको लागी ठुलो त्याग लगानी हुन्छ । आन्दोलनद्वारा त्याग र बलिदानीको गाथा र राज्यको आर्थिक क्षतिपूर्ति तथा सामाजिक रुपान्तरणको लागी नागरिकहरु अधिकार आफ्नो सुन्दर भबिस्य बुनेको हुन्छन् । पार्टीहरुको आन्तरिक बिवाद नेतृत्वहरुको दृस्ठिकोणले देशको र वर्तमान राष्ट्रिय राजनीतिमा गम्भीर संक्रमनको चपेटामा पार्छ ।
अहिले सतारुढ गठवनधन सरकारले अन्तर्राष्ट्रिय सहयोग अन्तर्गत एमसिसि परियोजना कार्यक्रम सदनबाट पारित गर्ने वा नगर्ने विषयमा पक्ष वा बिपक्षमा राजनीतिक ध्रुवीकरण हुने सङकेत देखिन्छ । भोली एमसिसी संसदामा टेबुल हुँदैछ । आम जनताको बुझाइ र राजनीतिक दलहरुको फरक–फरक ब्याख्या भएकोले नागरिक दिगभ्रमित हुनु स्वाभाविक हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको चहलखेलले प्रत्येक्ष वा प्रत्यक्ष रूपमा अहिले राष्ट्रिय राजनीतिक गम्भीर मोडमा पुगेको देखिन्छ । साथै एमसिसि परियोजना लागु गराउन अमेरिकी सरकारको राजनीतिक तथा कुटनैतिक दवाब विभिन्न पार्टी , नेता तथा वर्तमान सरकार माथि स्प्ष्ट देखिन्छ । पहिले केपी ओलिको नेतृत्व एमालेको असंबेधानिक कदमले नेपाली जनताको हक र अधिकारको सुनिश्चिताको थलो संसद भङ्ग देखि अहिले सदन अबरुद्ध भइरहेको छ । ओली अहिले प्रतीपक्षको भुमिकामा रहेपनि सभामुखको राजिनामा, सत्ता गठबनधन भङ्ग र एमसिसि पास गर्ने मा देउपासङ नजिकिए आफ्नो पार्टीको धारण स्प्रस्ट राखीसकेको छ । देशको राजनीतिक अस्थिरता सिर्जना भयो ।

अहिले बदलिँदो राजनीतिक परिबेश र पछिल्लो विकसित राजनीतिक घटनाक्रमले उपेन्द्र र महन्थ ठाकुरसंगको पार्टी एकता कानुनी बिछेदपछि वरिष्ठ नेता महन्थ ठाकुरले पार्टी छोडेर लोसपा गठन लगायत र सर्बोच्च अदालतले परामादेश द्वारा निर्मित नेपाल काङ्ग्रेसको देवापा सरकारमा रहेका सता गठजोडमा संघीय सरकार निर्माणमा उपेक्षा र बाबुरामको भुमिका अहम रहिआएको छ । राष्ट्रिय सदन, मधेस प्रदेशमा जसपा पार्टीको नेतृत्वमा सरकारमा आवतरण गर्दै अहिले विभिन्न अबरोधहरु पार गर्दै पार्टीको रूपमा सातासिन जनता समाजवादी पार्टीमा तीन अध्यक्षमध्ये रिक्त एक पदमा वरिष्ठ नेता अशोक राईलाई चयन गर्ने कसरत सुरु भएको छ । पार्टीमा विवाद चर्किएपछि जसपाका शीर्ष नेताबीच छलफल भएको हो ।

अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता राई, राजेन्द्र श्रेष्ठ र कार्यकारिणी सदस्य महिन्द्रराय यादवबीच छलफल भएको हो । ुक्लस्टर अनुसार तीन वटा अध्यक्ष पदमध्ये एउटा रिक्त छ । पार्टीको विधान अनुरुप समावेशी चरित्रको नेतृत्व बनाउनु पर्ने विषयलाई लिएर छलफल गरिएको पार्टीका कार्यकारिणी सदस्य प्रशान्त सिंहले बताए । बैठकमा राईलाई जनजातिको तर्फबाट कार्यकारिणी अध्यक्ष बनाउने प्रस्तावमाथि छलफल भएको थियो । जसमा परिषद् अध्यक्ष भट्टराई, महिन्द्र र राईले समानुपातिक ,समावेशी तथा साझा नेतृत्वमा सहमति जनाएका थिए भने श्रेष्ठले बहुअध्यक्ष प्रणाली असफल हुने तर्क राखेका थिए । अध्यक्ष यादवले भने बैठकमा उठेका एजेन्डामा कुनै प्रतिक्रिया नजाएको सदस्य सिंहले बताए । पार्टीलाई बिधीसङगत ढङ्गबाट संचालित र नेपालको संविधान अनुरुप पुर्ण समानुपातिक ,समावेशी तथा साझा नेतृत्वमा समावेशी बनाउन तीन वर्षदेखि मौखिक रुपमा अध्यक्ष यादवलाई आग्रह गर्दै आए पनि कार्यान्वयन भएको थिएन । जसका कारण पार्टीमा आन्तरिक विवाद सुरु भएको थियो । विवादका कारण पार्टी फुटको संघारमा पुगेको थियो ।

सिंहले राई जनजाति समुदायको भएकाले अध्यक्षमा राख्दा जसपा पूर्णरुपमा समावेशी हुने बताए । ‘अध्यक्षमा भट्टराईजी आर्य, अशोक राई जनजाति र यादव मधेसको प्रतिनिधित्व गर्नुहुन्छ’, उनले भने, ‘यसले पार्टीलाई साझा चरित्रको बनाउने थियो । पार्टीमा व्यक्तिविशेष भन्दा पनि दर्शन , निति ,सिद्धान्त , बिधान , पद्धति तथा संगठनको मुख्य भुमिका हुने गर्छ र समावेशी एजेन्डाको सम्बोधन हुनु पर्नेमा जसपाका कार्यकारणी सदस्य मोहम्मद इस्तियाक राईले सुनाए । फरक र वैकल्पिक पार्टीको चरित्र देखाउन पनि समावेशी हुनै पर्ने उनको अडान छ । नेता राईले भट्टराई र यादवबीच विवाद मिल्नु पर्ने धारणा राखेका छन् । उनी भन्छन्, ‘लोकतान्त्रिक पद्धतिमा बहस हुन्छ, छलफल हुन्छ अनि निष्कर्ष निस्किन्छ ।
बैठकमा अध्यक्ष यादवको एकल नेतृत्व र आत्मकेन्द्रित कार्यशैलीमाथि आलोचना भएको थियो । यादवले मन्त्रिपरिषद्‌मा सहमतिबिना मन्त्रीहरुको नाम चयन गर्नेदेखि मनोमानी ढंगले काम गरेको आरोप लागेको थियो । पार्टीका एक कार्यकारिणी सदस्यका अनुसार बैठकमा अध्यक्ष यादव मौन बसेरहे र पार्टीमा उठेका प्रश्न अंतरबिरोध लाई कसरी हल गर्ने अब कस्तो भुमिका रहला , चुनावी रणनीति के हुने ? वहाँ राष्ट्रिय राजनेताको भुमिका आउनुपर्न उनले पार्टीको मर्मअनुसार समावेशी नबनाएसम्म बहस चलिरहन् । यद्यपि अन्तिममा उपाय लागेन भने केन्द्रीय समितिको बैठक बसेर बहुमतले एजेन्डा पास गराएरै लाने उनले सुनाए ।

तीन वर्षदेखि समावेशी पार्टी बनाउने कुरा उठे पनि यादव बैठक नगरी पन्छिँदै आएका छन् । साथै, पार्टीमा कामको बाँडफाँड नहुँदा पार्टी काम प्रभावित भएको नेताहरुको भनाइ छ ।

बैठकको छलफलमा वरिष्ठ नेता राईले पार्टीमा समावेशी हुनुपर्नेमा जोड दिए । उनले पार्टी एकजुट बनाउनमा सबै नेतृत्व गम्भीर हुनुपर्ने बताए । संघीय परिषद् अध्यक्ष भट्टराईले पार्टीमा उठेका असन्तुष्टिलाई सुल्झाउन जिम्मेवार हुन अध्यक्ष यादवलाई ध्यानाकर्षण गराएका थिए । यादवले उठेका विषय छलफल गरेर केन्द्रीय समितिमा पेस हुने र अहिलेको बदलिदो राजनीतिक चरित्र र नेतृत्वहरुमा आएको परिवर्तन साथै पार्टीको कार्यदिशा , रणनीति निर्माण , जिम्मेवारी बाडभाट आदि र पार्टी भित्रमा उठेका महत्त्वपूर्ण मुद्दा र बिषयमा गम्भीरतापूर्वक लिने ,र आन्तरिक छलफल गरि समस्या समाधान गरि अगाडि बढने बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights