☰ open

कृषि क्षेत्रमा तोकिएको लगानी पुर्‍याउनै हम्मेहम्मे

२०७८ फाल्गुन ९, सोमबार ०८:४८
मिडियाखबर

काठमाडौं ०९ फागुन २०७८।

कृषिमा लगानी बढाउन नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई आफ्नो कुल कर्जामध्ये निश्चित प्रतिशत कृषिक्षेत्रमा लगानी गर्न अनिवार्य गरे पनि यो प्रावधान पूरा गर्न बैंकहरूलाई हम्मे परेको छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्ष ९आव० को मौद्रिक नीतिमा वाणिज्य बैंकहरूलाई आफ्नो कुल कर्जाको १५ प्रतिशत कृषिमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था पालना गर्न राष्ट्र बैंकले तालिका बनाएरै लक्ष्य निर्धारण गरिदिएको छ । तर, बैंकहरूले तोकिएको लक्ष्यअनुसार कर्जा प्रवाह गर्न सकेका छैनन् ।

राष्ट्र बैंकले बैंकहरूलाई कृषिकर्जा १५ प्रतिशत पुर्‍याउन २०८० असार मसान्तसम्मको समय दिएको छ । २०७८ असार मसान्तसम्ममा ११ प्रतिशत, २०७९ असारसम्ममा १३ प्रतिशत पुर्‍याउनुपर्ने गरी लक्ष्य निर्धारण गरेको छ । २०७८ पुस मसान्तसम्म पाँचओटा बैंकको मात्र कृषि कर्जा १३ प्रतिशत नाघेको छ ।

बैंकहरूले २०७८ असारमसान्तमै कृषिकर्जा ११ प्रतिशत पुर्‍याउनुपर्ने भए पनि पुससमान्तसम्ममा १० ओटा बैंकले तोकिएको लगानी गर्न सकेका छैनन् । कृषिक्षेत्रमा लगानी बढाउन नेपाल राष्ट्र बैंकले कृषिकर्जामा ब्याज अनुदानको व्यवस्था गरेको छ । यस सुविधाअन्तर्गत चालू आवको पुससम्ममा बैंकहरूबाट ५१ हजार ७५६ ग्राहकले ऋण सुविधा लिएका छन् । उनीहरूले १ खर्ब ३६ अर्ब ऋण लिएका छन् । यसैगरी कृषिमा ऋण प्रवाह गर्न नसक्ने बैंकहरूका लागि कृषि ऋणपत्रमा लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights