☰ open

काठमाडौँसहित देशका विभिन्न ठाउँमा बर्डफ्लु देखियो

२०७८ फाल्गुन १५, आईतवार ०९:३२
मिडियाखबर

काठमाडौं । काठमाडौँलगायत देशका विभिन्न ठाउँमा बर्डफ्लु देखिन थालेपछि त्यसको नियन्त्रणका  लागि सरकारले  प्रयास गरिरहेको छ । पशु सेवा विभागमा शुक्रबार केन्द्रीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समितिको आकस्मिक बैठक बसेको थियो । सो बैठकले विभिन्न  ठाउँमा देखिएको बर्डफ्लु रोगलाई कसरी नियन्त्रण गर्ने तथा विज्ञ कसरी परिचालन बारेमा निर्णय गरेको विभागका महानिर्देशक डा। लेखराज दाहालले जानकारी दिए ।

विभिन्न ठाउँबाट आएको नमुना परीक्षण गर्दा सिन्धुपाल्चोक, कास्की, उदयपुर र  लमजङमा बर्डफ्लु भएको पुष्टि भएको छ । समितिले  सङ्क्रमण  देखिएको ठाउँमा  तत्कालै आकस्मिक रोग अन्वेषण कार्यदललाई पठाउने निर्णय  भएको विभागका  प्रवक्ता डा। चन्द्र ढकालले बताए । बर्डफ्लु रोग नियन्त्रण नियमावलीअनुसार त्यसको नियन्त्रण गर्ने उनले बताए । विभागका प्रवक्ता ढकालका अनुसार कास्की, लम्जुङ, सिन्धुपाल्चोक, उदयपुरलगायत  बर्डफ्लु  रोगको  आशङ्का  भएको ठाउँबाट नमुना सङ्कलन गरी केन्द्रीय प्रयोगशालामा पठाइएको थियो ।

त्यहाँ  नमुना  परीक्षण  हुँदा  बर्डफ्लु  देखिएपछि  समितिको  बैठक बसेको थियो ।  बिहीबार  चितवनमा  बर्डफ्लु  फेला  परेको  थियो  भने त्यसअघि मोरङ र त्यसपछि काठमाडौँको दुई–तीन ठाउँमा बर्डफ्लु रोग देखिएको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights