मिडियाखबर
काठमाडौं १९फागुन २०७८।
अत्याधुनिक उपकरण सहितको ‘मल्टी स्पेसियाल्टी क्लिनिक’ सञ्चालनमा आउने भएको छ । नेपालल्याबहाउस गौशालाको केन्द्रमा अवस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राधिकार प्राप्त प्रयोगशालामा NLH Multispecialty Clinic यहि फाल्गुण २२ बाट सञ्चालनमाआउने भएको हो ।
‘मल्टी स्पेसियाल्टी क्लिनिक’ US FDA, EU बाट स्विकृती प्राप्त अत्याधुनिक मेसिन सहितको ल्याब तथा पोलिक्लिनिक हो । यस पोलीक्लिनिकमा प्रत्येक दिन २० भन्दा बढि विशेषज्ञ डाक्टर सहितको ओपिडी सेवा सञ्चालन हुनेछ ।
मुटु रोग,सामान्यचिकित्सा, मधुमेह, थाइराइड तथाहर्माेन रोग, स्त्रीतथा प्रसुतीतथानि सन्तान सेवा, मृगौला रोग, मानसिक रोग, मुत्रतथापत्थरी रोग, सामान्यशल्यक्रिया, नाककानतथा घाँटी रोग, कलेजो रोग, छाला तथा यौन रोग, हाड जोर्नी सेवा, नशा रोग, आँखाजाँच सेवा, बाल रोग, छाती रोग, दन्त रोग सेवा, रेडियोलोजी, तथाऔषधी सेवा, खोप सेवा, बैदेशिक रोजगारमाजानेहरुको सम्पूर्ण स्वास्थ्य परिक्षण सेवा, होम सर्भिस लगायतकाथुपै्र सेवाहरु यस पोलीक्लिनिकमापाइनेछन् ।
नेपाल ल्याबहाउस संस्थागत रुपमै वरिष्ठ तथा ख्याति प्राप्त रोग निदान विज्ञहरुबाट व्यबस्थित रहेको बताइएको छ । जहाँ प्रयोगशालामा कार्यकलाप रोग निदान विज्ञान, जीव रसायक विज्ञान र सूक्ष्म जीव विज्ञानमा एमडी गरेकाहरुबाट सिधै सुपरीवेक्षण हुने बताइएको छ । प्रयोगशाला सम्बन्धीकार्यहरु अनुभवी तथा कुशल प्रयोगशाला प्राविधिक कर्मचारी तथा प्रशासनिक कर्मचारीहरुबाट सञ्चालित हुन्छन् । यस पोलीक्लिनिकले म्यामोग्राफी,डिजिटल एक्स रे, (डीआर सिस्टम) अल्ट्रासाउन्ड र इकोकार्डियोग्राफी लगायतका सेवाहरु प्रदान गरिन्छ ।
नेपाल ल्याब हाउसले अत्याधुनिक फार्मेशी सेवा, कुशल स्वस्थ्य स्याहार कर्मचारी मार्फत घर तथा सामुदायिक चिकित्सा स्याहार पनि उपलब्ध गराउँदैछ । यहाँ बोलावट (अन कल) वा २४ घण्टा सेवारत रहने चिकित्सा, नर्सिङ तथा तालिम प्राप्त विरामी रुङालो सेवाहरु, घरदैलो नमुना सङ्कलन,प्रयोगशाला प्रतिवेदन प्रवहन र औषधी,शृङ्गार तथा पोषण आहार (न्युट्राक्युटिकल्स) को आपूर्ति लगायत सेवाहरु दिइने बताइएको छ ।
यस यस पोलीक्लिनिकमा कोभिड(१९ कालागिआरटी पी.सी.आर., एन्टिजेन र एण्टीबडी जाँचपनि सञ्चालनगरिन्छ । साथै टी.बी, एचआइभी( एड्स, स्क्रब टाइफस, डेँगु र उद्भव भैरहेको अन्य रोगहरुका लागि पनि पीसीआर स्वाब घरघरमा गएर लिने योजनामा समेत रहेको जनाईएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया