☰ open

नेकपा माओवादी केन्द्रमा थपिए ९७ जना केन्द्रीय सदस्य

२०७८ फाल्गुन २४, मंगलवार ०९:३१
मिडियाखबर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ९७ जना केन्द्रीय सदस्य तथा प्रस्तावित सदस्यहरूको सूची पेश गर्नुभएको छ ।

काठमाडौं सोमवार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले मनोनित हुने केन्द्रीय समितिका सदस्यहरु प्रस्ताव गर्नुभएको हो । बैठकमा पार्टीका कमिटीहरूबाट सिफारिस भएका नामहरूबाट सदस्यहरूको सूची तयार गरी अध्यक्ष दाहालले वाचन गर्नुभएको हो ।

जसअनुसार खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नामा पेस गरिएको छ । यसअघि माओवादीले २४७ जनालाई केन्द्रीय समिति सदस्य बनाएको थियो ।

यसैबीच माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनअघि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो भने नबनाउने भएको छ । चुनावअघि समयको अभावमा पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो गठन गर्न नसकिने नेता वर्षमान पुनले जानकारी दिनुभयो ।  ।

अध्यक्षलाई निर्णय गर्न सहयोगीका रूपमा सानो आकारको केन्द्रीय कार्यालय बनाउने उहाँले बताउनुभयो । पार्टीका संरचनामा पदाधिकारी नहुँदा चुनावलाई प्रभाव नपर्ने बताउदै उहाँले विचार र नीतिले निर्वाचनमा अर्थ राख्नेमा जोड दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights