☰ open

नेपाल टेलिकमको अनलिमिटेड डाटासहित फागु अफर

२०७८ चैत्र ३, बिहीबार ११:४८
मिडियाखबर

फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ । यो अफर चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ ।

अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।नेपालीहरुको महत्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights