☰ open

श्रीलङ्कामा आर्थिक सङ्कटका कारण औषधी अभाव

२०७९ बैशाख २, शुक्रबार ०८:३९
मिडियाखबर

श्रीलंका ०२बैशाख २०७९

श्रीलङ्कामा चरम आर्थिक सङ्कटका कारण औषधी अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरूले विरामीलाई अत्यावश्यक पर्ने कतिपय औषधीको अभाव हुन थालिसकेकाले तत्काल व्यवस्था गर्न आग्रह गरेका हुन् । सरकारी अस्पतालहरूमा उपकरणको समेत अभाव भएको उनीहरुको भनाइ छ ।

अत्यावश्यक औषधी तथा उपकरणहरु छिमेकी तथा सहयोगी मुलुकहरूसँग तत्काल माग्नु पर्नेमा पनि उनीहरुले जोड दिएका छन् । दक्षिण एसियाली मुलुक श्रीलङ्कामा आर्थिक सङ्कटका कारण केही हप्तादेखि धेरै चिजको अभाव भइरहेको छ भने मूल्य बृद्धि पनि अत्यधिक भएको छ ।

अभाव र मूल्य बृद्धिको विरोधमा नागरिक आन्दोलन सुरु भएपछि राजनीतिक सङ्कट पनि थपिएको छ । तत्कालिन सबै मन्त्रीले राजीनामा दिएपछि अहिले केही नयाँ मन्त्री नियुक्त गरेर सरकार सञ्चालन भइरहेपनि प्रभावकारी काम हुन सकेको छैन ।

सरकारले समस्या समाधान गर्न ठोक कदम चाल्न नसकेको भन्दै सर्वत्र आलोचना समेत भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights