मिडियाखबर
जनकपुरधाम ।
मधेश प्रदेशमा ३३ लाख ३१ हजार १ सय ७० मतदाता रहेका छन् ।
प्रादेशिक निर्वाचन कार्यालय जनकपुरधामका अनुसार प्रदेशभरि १७ लाख ९७ हजार ९ सय ४५ पुरुष मतदाता र १५ लाख ३३ हजार १ सय ५८ महिला तथा अन्य ६६ गरी कूल ३३ लाख ३१ हजार १ सय ७० जना मतदाता रहेका छन् । २०७९ साल बैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको नामावली समेत समावेश गरिने भएको जनाएको छ । प्रादेशिक निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीका अनुसार धनुषामा पुरुष दुई लाख ४८ हजार ८ सय ४० तथा दुई लाख १८ हजार ५ सय ४२ महिला र अन्य ६ जना गरी कूल चार लाख ६७ हजार ३ सय ८८, महोत्तरीमा पुरुष दुई लाख १२ हजार २०३, महिला एक लाख ७९ हजार ३ सय ७३ र एकजना अन्य गरी जम्मा तीन लाख ९१ हजार ५ सय ७७ र सर्लाहीमा दुई लाख ५७ हजार १ सय ३८ पुरुष, दुई लाख १७ हजार २ सय ९२ महिला र अन्य नौ जना गरी कूल चार लाख ७४ हजार ४ सय ३९ मतदाता रहेका छन् ।
त्यसैगरी सप्तरीमा दुई लाख १३ हजार ८ सय ९२ पुरुष, एक लाख ९८ हजार ५ सय ३२ महिला र अन्य २१ गरी कूल चार लाख १२ हजार ४ सय ४५ र सिरहामा दुई लाख १९ हजार ५ सय ६४ पुरुष, एक लाख ९४ हजार ६ सय महिला र अन्य दुई गरी जम्मा चार लाख १४ हजार १ सय ६६ कायम गरिएको छ । त्यस्तै रौतहट जिल्लामा दुई लाख २२ हजार ९ सय ४५ पुरुष,एक लाख ८५ हजार ४६ महिला र अन्य एकजना गरी जम्मा चार लाख सात हजार ९ सय ९२, बारामा दुई लाख ३१ हजार ८ सय २६ पुरुष, एक लाख ९१ हजार ४ सय ९० महिला र ११ अन्य सहित कूल चार लाख २३ हजार ३ सय २७ र पर्सामा एक लाख ९१ हजार ५३७ पुरुष, एक लाख ४८ हजार २८३ महिला र १६ जना अन्यसहित कूल तीन लाख ३९ हजार ८३६ जना मतदाताले मतदान गर्न पाउने जनाइएको छ ।
यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा मतदान गर्न प्रदेशभरि दुई हजार १६३ मतदान स्थल कायम गरिएको छ भने चार हजार १ सय ८९ मतदान केन्द्र निर्धारण गरिएको छ । कायम गरिएको मतदानस्थल र केन्द्रमा सप्तरीमा २ सय ९७ मतदानस्थल, ५ सय ३६ मतदान केन्द्र, सिरहामा २ सय २१ मतदानस्थल र ४ सय ९८ मतदान केन्द्र, धनुषामा ३ सय २३ मतदानस्थल र ५ सय ९३ मतदान केन्द्र, महोत्तरीमा २ सय ५८ मतदानस्थल, ४ सय ९७ मतदान केन्द्र, सर्लाहीमा ३ सय १८ मतदानस्थल, ५ सय ९९ मतदान केन्द्र, रौतहटमा २ सय ७६ मतदानस्थल, ५ सय १८ मतदान केन्द्र, बारामा ३ सय ३ मतदानस्थल, ५ सय ४१ मतदान केन्द्र र पर्सामा १ सय ६७ मतदान स्थल र ४सय ४ मतदान केन्द्र निर्धारण गरिएको छ ।
COMMENT
फेसबुकबाट तपाईको प्रतिक्रिया