☰ open

अधिकृतको जागिरबाट राजीनामा दिएर गाउँपालिका उपाध्यक्षको उम्मेदवार

२०७९ बैशाख ११, आईतवार ०८:४७
मिडियाखबर

नेपाल सरकारको अधिकृतबाट राजीनामा दिएर भक्तबहादुर जिसीले दाङको बांगलाचुली गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार भएका छन्। बांगलाचुली गठबन्धनका तर्फबाट उपाध्यक्ष काँग्रेसको भागमा परेपछि जिसीले अधिकृत पदबाट राजीनामा दिएका हुन्। उनी सोही गाउँपालिकामा स्वास्थ्य अधिकृतको रूपमा कार्यरत थिए।

अध्यक्षमा भने माओवादी केन्द्रबाट सुवास पुन उम्मेदवार हुने भएका छन्। दाङ जिल्ला समन्वय समितिका अध्यक्ष पुन गाउँपालिका अध्यक्ष उठ्ने भएका छन्। यसअघि यस गाउँपालिका अध्यक्षमा माओवादीका भक्तबहादुर ओलीले चुनाव जितेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights