२०७९ बैशाख १३, मंगलवार ०९:२४
मिडियाखबर
स्थानीय तहको निर्वाचनका लागि ६ महानगरको ६ मेयर पदमा मात्रै १४६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले पछिल्लोपटक दिएको जानकारीअनुसार काठमाडौको मेयर पदका लागि ५६, ललितपुरमा १३, भरतपुरमा ३०, पोखरामा २४, वीरगञ्जमा १२ र विराटनगरमा ११ जनाको उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तै उपमेयरमा काठमाडौमा ३१,ललितपुरमा ३, भरतपुरमा १३ पोखरामा ९, वीरगञ्जमा ० र विराटनगरमा ९ जना रहेको आयोगले सोमबार राति नौ बजे जारी गरेको दैनिक बुलेटिनमा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया