☰ open

रूस–युक्रेन तनावको असर : खानेतेलको कच्चा पदार्थ आपूर्तिमै समस्या

२०७९ बैशाख १९, सोमबार ०९:२०
मिडियाखबर

वीरगञ्ज । रूस–युक्रेन तनावले कच्चा पदार्थ आपूर्तिमा समस्या झेलिरहेका स्वदेशी तेल उद्योगीमाथि अर्को समस्या थपिएको छ । अर्धप्रशोधित पाम आयल उत्पादक इन्डोनेशियाले त्यसको निकासी रोकेपछि उद्योगीहरू अन्योलमा परेका छन् ।

कोरोना महामारीका कारण उत्पादन घटेपछि विश्व बजारमा खानेतेलको मूल्य निरन्तर बढिरहेको छ । कोरोनाको असर मत्थर नहुँदै खानेतेल उत्पादक प्रमुख देश रूस र युक्रेनबीच तनाव चुलियो । जसले खानेतेलको कच्चा पदार्थ आपूर्ति शृंखला अवरुद्ध भयो । यसैबीच, इन्डोनेशियाले अर्धप्रशोधित पाम आयल निकासी रोकेपछि समस्या झन् चर्किएको वीरगञ्जस्थित नारायणी आयलका सञ्चालक निखिल चाचानले बताए ।

आन्तरिक बजारमा तेलको मूल्य नियन्त्रण गर्न इन्डोनेशियाले २८ अप्रिलदेखि पाम आयल निकासीमा रोक लगाएको छ । इन्डोनेशियाले मे ७ मा आफ्नो निर्णय पुनरवलोकन गर्ने भनेकाले आयातकर्ता पर्ख र हेरको अवस्थामा रहेको चाचान बताउँछन् ।

स्वदेशी उद्योगले इन्डोनेशियाबाट अर्धप्रशोधित पाम आयल ल्याएर प्रशोधन गर्छन् । नेपालमा उत्पादित तेलको ठूलो अंश भारत निकासी हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights